युरोपेली सङ्घको प्रतिबन्ध न्यायोचित छैन, हामी अन्यायमा परेका छौँ

ehulaki
ई-हुलाकी संवाददाता | साउन १७, २०७६ शुक्रबार | 0

 

राजकुमार क्षेत्री

महाप्रबन्धकत्रिभुवन विमानस्थल


युरोपेली सङ्घ (ईयु)ले नेपाली विमानहरूलाई उसको आकाशमा उड्न नपाउनेगरी राखेको कालो सूचीबाट अझै हटाएको छैन । यसमा नेपालको कूटनीतिक असफलता पनि कारक रहेको चर्चा चलिरहेको हुन्छ । बिभिन्न समयमा हुने नेपालका दुर्घटना, विमान स्थलको स्तरोन्नति, नेतृत्वकर्ताको पहलकदमी लगायत के कुराले नेपाली विमान प्रतिबन्ध छ ? नेपाली आकाश असुरक्षित भनी लगाइएको प्रतिबन्धमा बाहिरबाट जहाज आउन हुने तर नेपाली विमान विदेशी आकाशमा उड्न नपाउने कस्तो न्याय हो ? यी यावत विषयमा ईहुलाकीले त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग बुझ्ने प्रयास गरेको छ । उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाईंको कार्यकालमा हाल सम्म विमानस्थल सुधारमा केके काम भए र ऐले के भइरहेको ?

नियमित व्यवस्थापनको काम र दैनिक हुने गरेको नियमित उडान भइरहेको छ । हामी एयरपोर्टमै व्यस्त छौँ । निरन्तर सुधार र व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त बनाउन लागिरहेका छौँ । शुरुको समयमा त १६ घण्टा सम्म पनि मैले बिताएँ । ऐले १२ घण्टा जति चै एयरपोर्टमै बस्छु । हामी सबै टिम मिलेर राम्रो बनाउन लागिरहेका छौँ । 

कस्तो छ एयरपोर्ट नेपालको ?

हामी पहिले भन्दा राम्रो बनाउने प्रयास गरेका छौँ । भौतिक पूर्वाधार र व्यवस्थापकीय पक्ष राम्रो बनाउँदै छौँ । हाम्रो एयरपोर्टलाई बैंकक, सिङ्गापुर, हङकङ, न्यूयोर्कसँग तुलना गरे त त्योसँग हामी पुग्न समय लाग्ला तर हाम्रो साधन स्रोत हाम्रो रिसोर्सहरू र हिजोको अवस्था भन्दा धेरै राम्रो भएको छ । विगतभन्दा धेरै राम्रो बनाउँदैछौ ।
 
अहिलेको पूर्वाधार विकासमा तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्ट हने अवस्था त छैन । हाम्रो साधन स्रोत अनुसारको कामको कुरा गर्दा पूर्ण सन्तुष्ट हुने अवस्था छ । तर हुनुपर्ने सन्तुष्ट त हुनु हुँदैन । जहिले पनि केहीको अपेक्षा राख्नुपर्छ । विगतभन्दा केही राम्रो भएको छ । मैले त्यो कुरा स्विकारेको छु । तर अझै सुधार गर्नुपर्ने धेरै छ ।
 
विकास नियमित प्रकृया हो तपाई जस लिने कुरा मात्रै गर्नुहुन्छ किन ?


अब एकै बर्ष १६ महिनामै चेन्ज देखिँदा नियमित प्रक्रियाले चेन्ज हुने भए पहिले पनि हुन्थ्यो होला । अलिकति केही गरौँ भन्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई । हामी सबै निकाय मिलेर काम गरेका छौँ । टिम बनाएर आफ्नो पराई गरिएन । सबैलाई मोटिभेसन गरेर आफ्नो विमानस्थल भन्ने भावना जगाउन तिर पनि म लागेँ । पहिले जसले काम गर्दैन भन्थे अहिले उहाँहरुको पनि धेरै साथ र सहयोग  सबैको साथ पाएको छु । म १६ घण्टासम्म पनि म एयरपोर्टमा बसें । म बिहान ८ बजेदेखि राति १२ बजेसम्मपनि एयरपोर्टमा बस्दा उहाँहरुलाई पनि लाग्यो होला । सबै हामीले विमानस्थल राम्राे बनाउने स्वार्थमा लागेरै यहाँसम्म आएका हौं । तपाई आफै हेर्न सक्नुहुन्छ । पहिले बस्ने कुर्ची सम्म थिएनन । हामीले सानो कुरा देखि काम शुरु गरेका छौं । 

अघिका नेतृत्व कामचोर नै भए त ? अगाडीका नेतृत्व उदासिनता देखाएर आजसम्म समस्यामै गुज्रन परिरहको हो उसो भए ?
  
उदासिनता म भन्न चाहान्न । मलाई पनि होला । म भन्दा राम्रो कामगर्ने आए र यो यथर्थबादी हो । भनेर भन्नुहोला । अब यो चलिराछ, भईराछ नी गरीराछौं नी भन्ने सोंच सायद कतै पो थियो की ? जस्तो मलाई लाग्छ । आखिर उहाँले गर्न नखोजेको पनि हैन नगरेको पनि हैन । भैराछ गरीराछौं भयो । तर एउटा हेक्का चाँही के राख्नुपर्छ भने हाम्रो जस्तो मूलूक जहाँ सिस्टमको अभाव छ । सबैलाई कान निमोठ्नुपर्ने चलनभएको ठाउँमा आफै नखट्दा सम्मअरुचाहीं खट्दैनन । सबैलाई जिम्मेबार र जवाफदेही बनाउनुले अलिकति सुधार भएको भए यहाँहरुले मूल्याङकन गरीरहनुभएको छ । 

अब पर्यटनको विषयमा कुरा गरौँ । नेपालले भिजिट नेपाल २०२० सफल बनाउन हजुरको यो कामले सहयोग गर्छ जस्तो लाग्छ ?

भिजिट नेपाल २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य ल्याएका छौँ । २० लाख भनेको बर्ष भरीको हो । त्रिभुवन विमानस्थल एउटा मात्रै अन्तराष्टीय बाटो हो तर बैकल्पीक बाटा धेरै छन । यी सबैलाई घटाएर हाम्रै बाट अनउने पर्यटक अहिले ७/८ लाख रहेको अवस्था छ । ६ लाख अन्तराष्टिय विमानस्थलबाट आईरहेको भएपनि अहिले हामीले १०० प्रतिशत थप थान्न सक्छौं । हामीसँग १२ लाख पर्यटक ल्याउन सक्ने क्षमता छ ।
 
हामीले छलफल गरेर साढे १८ घण्टालाई २१ घण्टा बनाएका थियौं । दबंगत मन्त्री रविन्द्र अधिकारीको उपस्थितिमा बैठक बसेर साढे १८ लाई २१ घण्टा लग्यौं त्यतिबेला यो हुदै हुँदैन सम्भबै छन भनिन्थ्यो । तर अहिले २१ घण्टा राम्रोसँग संचालन गरेका छौँ । भिजिट नेपाल २०२० मा फ्लाईटको माग बढेको खण्डमा २४ सै घण्टा संचालन गछौं । यस विषयमा हामीले सोचीरहेका छौँ । त्यति भएपछि अर्को ६ लाख थपिएपनि समस्या पर्दैन । हामी गछौं । 

तपाई उडन भप्ने र पर्यटक ल्याउने कुरा यति सजिलै गर्नुहुन्छ । तर नेपाल ईयुको कालोसूचीमा त अझै छ, नी कीन

हामी गरीब छौँ । अलिकति कालो सूचीमा राखेको कुरा आफै भन्नुभयो । कालो सूचीमा थ्यो ईकाओको हामीले हटायौं । सुधार धेरै ग¥यौं हामीले त्यसपछि हटायौं । अहीले हेलिकप्टर क्रयास भएको आधारमा युलोपेली युनियनले कालो सूचीमा राख्या छ । म एउटा कुरा भन्न चाहान्छु । हेलिकप्टर दुर्घटना नेपालमा हुन्छ । पहाडमा हुन्छ । उनिहरुको जहाज नेपालमा आउन हुन्छ तर हामीलाई जान नदिने न्यायोचित भएन । यो एक प्रकारको अन्याय हो । हेलिकप्टरको दुर्घटना रेट धेरै भयो तिमिहरुको देशमा भनेर कालोसूचीमा राख्ने उनिहरुको जहाज चाहीं यहाँ आउन हुने । हाम्रो जहाज चाहीं त्यहाँ जान नहुने ? योत एक प्रकारको अन्याय नै हो । 

बिदेशीले नेपाललाई हेपेकै हुन त त्यसोभए

यसमा बिदेशीले हेपे भन्न भन्दा पनि के के नमीलेको जस्तो भएको छ । खासमा डोमेस्टीक दुर्घटना भएको हो अन्तराष्टिय उडानमा केही समस्या छ । समस्या समाधानको पहल गरिरहेका छौँ ।   यसको समस्या हल हुन्छ । हामीले अहीले दुर्घटनाको दर धेरै घटाएर गएका छौँ । हामीलाई अनावश्यक रुपमा कालोसूचीमा राखीएको हो । एक त ८३ किमी भूभाग पहाड भएको १० किमीमा मौसमनै चेन्ज हुन्छ । तल देखी माथी माउन्ट एभरेस्ट आधा घण्टामा पुगीन्छ । यस्तो भौगोलिक बिबिधता भएको ठाउँ अन्तकहीं छैन । यस्तोमा दुर्घटना हुनु मौसमको सहयोग हुन सक्छ । तर हामी पहिले भन्दा निक्कै कम गरेका छौं । हामी यसको सुधारमा लागिरहेका छौँ । एकचोटी ईकाओले कालोसूचीमा राख्याथ्यो । ऐले ईकाओले हटायो । ईयुको चार्हीं बाँकी छ । अबको अडिटमा उहाँहरुले खोजेको सेफ्टीको रेकर्ड राम्रो गरीसकेका छौँ । निकट भविष्यमानै ईयुले पनिआफ्नो ब्लयाक लिस्टबाट हामीलाई हटाउँछ ।  तर ऐले पनि उहाँहरुले कालोसुचीमा राखीरहनुभएको कुरा त्यति न्यायेचित छैन । 

कहिले सम्म हट्ला त कालो सूचीबाट  ?
खासमा हामी अन्यायमा परेको छौं । अस्ति भर्खर हेर्नुस न जुन दिन यती एयरलाइन्सको जहाज विमानस्थलमा चिप्लीयो त्यसै दीन अमेरीका लगायतका देशमा विश्वमा चार की सात दुर्घटना भए । अन्य देशमा पनि त हुँदो रहेछ नी । ती देशलाई त कालोसूचीमा राख्या छैन । केही कुरा त छन तर हामीले धेरै कुरा सुधार्दै गएका छौं । अब अब्टुबरमा सेक्युरीटि अडीट हुँदै छ । त्यसपछि यो समस्या हल होला । फेरी नोभेम्बर र डिसम्बरमा पनि हुन्छ । यो समस्या चाँडै हल हुन्छ । मलाई लाग्छ अबको ८ महिनाभित्रै कालोसूची हट्छ ।

हाम्रो जहाजले बाहिर ठाउँनै नपाउने स्थाननै नदिने विदेशी देशहरुले भन्ने कुरा पनि छ नी । के भन्नुहुन्छ
दिल्लीमा हाम्रो नेपाली जहाजले दिल्लीको सेक्टरै पाएन, हिमालयन्स एयरलाइन्सले र बुद्ध एयरले पनि नेपालगञ्जबाट गरें भन्यो सेक्टरै पाएन । जबकी हामी विश्वको कुनैपनि एयरलाइन्सलाई स्वागत गछौं । कसैलाई नो भन्या छैनौं । टाईममा २–४ घण्टा तल माथि हुन सक्ला तर हामीआजसम्म कस्सैलाई ने भन्या छैनौं । यसमै बुझिन्छ नी की हामी कति उदार छौं भनेर । तर यसको समस्याको पनि हल खोजिरहेका छौं । समस्या समाधान गछौं । 

तस्करीको हव भयोरेनी त नेपालको त्रिभुवन विमानस्थल
विगत भन्दा त धेरै राम्रो छ । जस्तो यहाँहरुले पहिला यो एयरपार्टबाट हात्ति छिराईदिन्छु भनेर कुख्यातहरुले भनेको एयरपोर्ट हो । तर आज त्यो अवस्था र्छैन । 
दोस्रो कुरा ३३ टन सुन यो एयरपोर्टबाट बाहिरीयो भन्ने पनि थियो । हुनत त्यो हाम्रो क्षेत्र परेन रेक्युरीटीको क्षेत्र प¥यो तर पनि नियमित सेक्युरीटी कमिटीको मिटीङ भईराहुन्छ । जसमा डिआईजी साप बस्नुहुन्छ । म बस्छु ।  हाम्रो कस्टम सरहरु बस्नुहुन्छ । यी कुराहरु पनि फोकस गर्नुप¥यो । एयसपोर्ट भौतिक ब्यबस्थापनमा मात्रै मात्रै राम्रो भएर भएन । जस्तो तस्करी भयो सुनको ब्यापारहरु भयो । यस्तो भयो, उस्तो भयो भन्ने कुरा राम्रो हुँदैन भनेर विगत भन्दा धेरै राम्रो स्थिति मा छ ऐले ।  हामी यसैमा निरन्तर लागिरहेका छौँ । 

ईहुलाकीलाई समय दिएर आफ्नो बिचार व्यक्त गर्नुभएकोमा हजुरलाई धन्यबाद । 

धन्यबाद । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय