'नेतृत्व, सङ्गठन, संघर्ष र बलिदान'

ehulaki
सुवास महत | साउन १८, २०७६ शनिबार | 0

नेपाली श्रमजीवी जनता, सर्वहारा, गरिबीको उन्मूलन र राष्ट्रिय स्वाधीनताको लागि विगत लामो समयदेखि जनता सङ्घर्षरत छन् । नेपाल भूपरिवेष्ठित र भौगोलिक अखण्डता र बनावट, बाहिरी राष्ट्रहरूको चलखेलले पनि लक्षित उद्देश्य प्राप्त गर्न सकिएको छैन । कठोर सङ्घर्षपछि प्राप्त हुनै लाग्दा समेत नेतृत्व (नेता) मा आएको विचलनले व्यवहारिक रूपमा प्रयोग सफल हुन सकेको छैन । र आज सम्मको परिस्थिति यहि छ।

नेपालमा क. पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टी स्थापना भए पनि अझैसम्म कम्युनिस्ट शासन वा राष्ट्रिय स्वाधीनता माथि उठाउन सकिएको छैन । नेपाली श्रमजीवी जनता, उत्पीडित वर्ग, सर्वहारा लगायत हरेक क्षेत्रका जनता शोषणमा परीरहेका छन् । नेपालमा अहिले कम्युनिष्टको खोल ओढेको सामाजिक दलाल पुजीवादी सरकार छ । संसदीय पुजीवादी व्यवस्था भित्रै बसेर गर्न सकिने केहि सुधारका काम समेत यो सरकारले गर्न सकेको छैन् । दिनप्रतिदिन राष्ट्रघात, विदेशीको हस्तक्षेप झन बढ्दै गएको छ । 

विदेशीहरुले आज नेपाली जनता र देशलाई मजदुर उत्पादन गर्ने देश भनी चिन्छन् । हामी नेपालीहरू देशमा रोजगार नहुँदा बाहिरिनु पर्ने बाध्यता छ। देशमा उचित व्यवस्था र प्रणाली नहुँदा हामी नेपाली यो अवस्थामा छौं । देशमा यस्तो नेता (लिडर) को आवश्यकता छ कि त्यो कम्युनिस्ट वा अन्य कुनै दल होस् । तर, समग्रमा हेर्दा आम नेपाली जनता कम्युनिष्ट बन्ने प्रयासमा रहेका जनताको लागि त्यस्तो नेतृत्वको खाँचो छ। नेतृत्वको असल सङ्गठन र सङ्गठन पछिको साझा लक्ष्य प्राप्तिको लागि र जनताको मन मस्तिष्कमा असल कम्युनिस्ट विचार सिद्धान्त को प्रभाव परे पछि उसलाई आफ्नो देश र राष्ट्रियताको लागि जुनसुकै परिस्थितिमा उ बलिदान गर्न तत्पर रहन्छ।

नेतृत्व

            नेतृत्वको अर्थ यसरी हुन्छ कि जस्तोसुकै परिस्थितिमा आफ्नो सङ्गठनको साझा उद्देश्य हासिल गर्न का लागि अन्य व्यक्तिहरूलाई उत्साह र दृढविश्वास का साथ सङ्घर्ष गर्न प्रभावित पार्ने क्षमता उसमा हुन्छ । यदि नेतृत्व ले सङ्गठन र पार्टीको उद्देश्य प्राप्तिको लागि समय परिस्थिति अनुसार सही नीति, नियम, निर्णय लिन सक्ने दृढ विश्वास मा सङ्गठन ले दिएको कार्यभार सम्हाल्न सक्ने हुनु पर्छ । यदि नेतृत्व ले सही समयमा सही निर्णय लिन सकेन भने पार्टीरसङ्गठन ठूलो दुर्घटनामा पर्न सक्छ । अझ कम्युनिस्ट पार्टीका नेतृत्वले देश र जनताको हितको लागि आफू स्वयम्‌ बलिदान दिन तयार हुनु पर्छ । उचित योजना कार्यकर्ता मार्फत जनतामा प्रस्तुत गरी त्यो सही छ भने कार्यान्वयनको पक्षमा लान सक्नु पर्छ । नेतृत्व आफ्नो सङ्गठन प्रति चासो र चिन्ता, धारणा व्यक्त गर्न सकेन भने उसले नेतृत्व लिनु ठूलो भूल हुने छ र उ आफै विचलनको बाटो रोज्न बाध्य हुने छ ।

सङ्गठन

              नेतृत्व आफू मात्रै सक्षम भएर हुदैन कि आफ्नो सङ्गठन प्रति पनि वफादार हुनु पर्छ। सङ्गठनको अर्थ-कुनै पनि कार्य सम्पन्न गर्न एकल नभई सामूहिक रूपमा ऐन,नियम ,विधि , विधान बमोजिम स्थापना भएको संस्था हो । यसको महान उद्देश्य हुन्छ।जसमा मानिसले विचार र सिद्धान्त बुझेर साझा उद्देश्य प्राप्त गर्न एकताबद्ध भएर सामूहिक काम तत्पर हुन्छन् त्यहाँ सङ्गठनको उदय हुन्छ। यसमा नेतृत्वको सही आदेश पालन गरी गतिशील समाजमा मानिस कार्य , ढाचा, शैली र प्रविधिलाई एकिकरण गरी साझा उद्देश्य प्राप्त गर्न का लागि केन्द्रित हुन्छन् । यसमा यो कुरा प्रस्ट हुन्छ कि सङ्गठनको माध्यम बाट जटिल तथा अस्तबस्थ कार्यलाई व्यवस्थित गर्न सकिन्छ । जब सङ्गठन विधि विधान भन्दा बाहिर रहेर काम गर्न थाल्छ त्यो स्वतः विघटनको बाटोमा जान्छ । र यो कुरा प्रस्ट हुन्छ कि सही विचार र सिद्धान्त छ भने यसले जुनसुकै परिस्थितिमा हरेक कुरा प्राप्त गर्न गाह्रो हुदैन ।

  संघर्ष

          नेतृत्वको प्रभावकारी योजना निर्णय लागू गर्न संगठनलाई दिएको जिम्मवारी र त्यो जिम्मावरी पूरा गर्ने जुनसुकै परिस्थितिमा वा सहज तरिकाबाट त्यो योजना लागू गर्न नसकेको खण्डमा गरिने कठोर अभ्यास नै संघर्ष हो । उदहारण को लागिस्नेपाली श्रमजीवी जनताको मुक्ति र राष्ट्रिय स्वाधीनताको लागि माओवादी पार्टीले सहजै मात्रामा माग पत्र पेश गर्दा जुन कुरा सरकारका उच्च तहमा बसेका अधिकारीहरुले स्वीकार नगर्दा जून १० वर्षमा महान जनयुद्ध सुरु भयो र ठूलो मात्रामा सङ्घर्ष गर्नु पर्यो । तर देश र जनताले चाहेको वा माग गरेका कुरा नेतृत्व र सङ्गठन (टीम)सही नहुनुको कारण आज फेरि संघर्षमा जान बाध्य हुनु स्वभाविक मानिन्छ। जसरी मानिस बाँच्न प्रकृती सँग सङ्घर्ष गर्नु पर्छ त्यसरी नै साझा उद्देश्य हासिल गर्न जुनसुकै सङ्घर्ष गर्न तयार रहनु पर्छ ।

बलिदान

           विश्व कम्युनिष्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा लाखौंरहजारौं कमरेडहरुले आफ्नो जाती, वर्ग, राष्ट्रको मुक्तिको लागि जसरी बलिदान दिन तयार हुनु भयो । जसमा नेपालको कम्युनिस्ट आन्दोलनमा हजारौं कमरेडहरुको बलिदान प्रति चासो र चिन्ता बढ्यो तर समय परिस्थिति अनुसार नेतृत्वको सोच्ने क्षमता, बाहिरी देशहरूको दबाबको कारण त्यो हजारौँ सहिदको रगत आज माटोमा विलीन भएको छ ।

कम्युनिस्ट विचार सिद्धान्तमा संघर्ष पश्चात साझा उद्देश्य प्राप्तिको लागि जुनसुकै संघर्षले उच्च रूप लिन पुग्दछ।वलिदान पनि एउटा संघर्षको उच्च रूप हो । नेतृत्वले सही समय परिस्थिति अनुसार सही निर्णय लियो भने मात्र बलिदान कम गर्न सकिन्छ तर यसको अर्थ यो होइन कि) हामी डराए,विचारमा विचलन भएर वा अन्य अप्ठ्यारो परिस्थितिमा डराउनु र पछि हट्नु । तर हामी अझ पनि नेपाली जनताको र राष्ट्रको मुक्ति हुन्छ भने हामी बलिदान दिन तयार छौ !! तर हाम्रो बलिदानको खरे जानु भएन।

अन्ततः नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको मुक्ति गराउनु ,अहिलेको विश्वविज्ञान प्रविधिको प्रतिस्पर्धामा देश पुर्याउनु, र दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु आजको मुख्य आवश्यकता हो ।

 

सुवास महत

लेखक, नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्व्को नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का युवा नेता हुन् । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय