जीवाश्म वैज्ञानिककाे खुलाशाः मानिसको उत्पत्ति दुर्लभ घटना, फेरि असम्भव छ

अघिल्लो जुनी र आउने जुनीको धार्मीक विश्वास भ्रामक

ehulaki
ई-हुलाकी | साउन १८, २०७६ शनिबार | 0

अमेरिका ।अमेरिकाका जीवाश्म वैज्ञानिक स्टिफन जे गोउल्डले एकपटक एक काल्पनिक प्रश्न उठाएका थिए । स्टिफनीले सोधेका थिए, यदि समयको चक्रलाई फेरि घुमाउने र समयलाई कुनै पुरानो एक विन्दुमा रोक्ने हो भने के होला ?

यसको लागि उनले एक प्रयोग पनि गरेका थिए । जीवविज्ञानका अध्येताहरु अहिले पनि यसबारे विभिन्न तर्क–कल्पना गरिरहन्छन् । 

यदि विकासको चक्रलाई फेरि घुमाउने हो भने सायद फेरि प्रकृतिले मानिसलाई जन्म दिने थिएन भन्ने स्टिफ गोल्डको मान्यता छ । प्राकृतिक विकासक्रमा मानिसको उत्पत्ति एक दुर्लभ घटना थियो । यस्तो फेरि हुनु करीब असम्भव रहेको गोल्डको मान्यता छ । उनका अनुसार कुनै नयाँ जीव विकासमा अचानक हुने घटनाको ठूलो भूमिका रहन्छ । जस्तै, अचानक कुनै जीवनको एक प्रजातिको समूल नाश हुनु, पृथ्वीसँग उल्कापिण्ड ठोक्किनु, ज्वालामुखीको भयानक विष्फोट आदि । 

यी केही ठूला घटना हुन् जसले जीव विकासमा अहम् भूमिका निभाउँछन् । कतिपय यस्ता छोटा घटना पनि हुन्छन्, जसमा हाम्रो ध्यान त्यति जाँदैन तर जीवविकास प्रक्रियामा तिनीहरुको ठूलो भूमिका रहन्छ । यसलाई वैज्ञानिक भाषामा जेनेटिक म्युटेसन अर्थात् जीनको उत्परिवर्तन  भनिन्छ । 

जेनेटिक म्युटेसन 

जब कुनै जीवको कुनै कोशिका अथवा जिन पहिलादेखि नै निर्धारित प्रक्रियाभन्दा भिन्न प्रक्रियाअनुसार चल्न थाल्छ, यसलाई जेनेटिक म्युटेसन भनिन्छ । अर्थात् जीवको विकास भिन्न दिशामा हुन थाल्छ । यसबाट नै नयाँ प्रजाति उत्पन्न हुन्छन् । जीवमा वातावरणका अनुसार परिवर्तन आउँछ । 

यो परिवर्तन नै वास्तवमा जीवनको क्रमिक विकास हो । कुनै पनि दुर्लभ र कहिलेकाहिँ हुने म्युटेसन कुनै जीवको वंश अघि बढाउन सहयोगी हुन्छ भने कुनै म्युटेसन प्रजातिको विनाशको लागि पनि हुन सक्छ । जिनमा आउने यिनै परिवर्तनको  नतिजास्वरुप बाँदरको परिवारबाट मानिसको उत्पत्ति भएको हो अथवा हरिणको यति धेरै प्रजाति विश्वमा पाइएको हो । 

मानिसको उत्पत्ति एक यस्तो दुर्लभ जिन म्युटेसनको कारण भएको गोल्डको भनाइ छ । यदि विकासचक्रलाई पल्टाएर हेर्ने हो भने सायद यो दुर्लभ म्युटेसन कहिल्यै नहुन पनि सक्थ्यो र मानिस फेरि यो पृथ्वीमा उत्पन्न नहुन पनि सक्थ्यो । तर, यो एक कल्पनामात्र हो । 

हामीले समयचक्रलाई पछाडि धकल्न त सक्दैनौं । तर, केही वैज्ञानिकले गरेको प्रयोगले गोल्डको सिद्धान्त वास्तविकतामा परिवर्तन हुन पनि सक्ने देखिएको छ । उनीहरुले कीटाणुमा यस्तो प्रयोग गरेका थिए । 

साना जीवले तीव्र गतिमा दुई भागमा आफूलाई बाँडेर आफ्नो विकास गर्दछन् । हामीले यस्ता अर्बौं कीटाणुलाई फ्रीज गरेर अनन्त कालसम्म राख्न सक्छौं । यसमध्ये केहीलाई भिन्न परिवेशमा फेरि जीवित गरेर विकसित हुने अवसर दिन सक्छौं । 

त्यसपछि यी कीटाणुमा पूर्ववत् म्युटेसन हुन्छ कि हुँदैन भनी परीक्षण गर्न सकिन्छ । यस प्रक्रियाबाट हामीले भविष्य र पूर्व अवस्थाको तुलना गर्न सक्छौं । 
यस प्रक्रियामा धेरैपटक गुण र जिन त्यही रुपमा नै देखा परे । त्यसमा म्युटेसन देखिएन । 

सन् १९८८ मा इसर्चिया कोलाई नामक कीटाणुको क्लोनबाट निर्मित ब्याक्टेरियाका १२ ओटा प्रजातिको विकास प्रक्रियाको अध्ययन गरिएको थियो । अहिलेसम्म यो ब्याक्टेरियाको ६५ हजार प्रजातिको विनाश भइसकेको छ । 

यसको तुलनामा पृथ्वीमा रहेका मानिस आएको केवल ७ हजार ५०० देखि १० हजार पुस्ता बितिसकेका छन् । यो ब्याक्टेरियाको हरेक नयाँ पुस्ता धेरै बलियो र राम्रो देखिएको छ भने यसले तीव्र गतिमा आफ्नो प्रजातिलाई जन्म दिइरहेको छ । अर्थात् केही जीवकको विकास कुन दिशामा हुन्छ भन्ने कुराको निर्धाण स्वयम् प्रकृतिले नै गर्दछ । 

क्रमिक विकासको क्रममा विकासका लागि प्राकृतिक शक्तिले म्युटेसनलाई सन्तुलित राख्दछ । यसका कारण विकासको चक्र बिथोलिन पाउँदैन । अर्थात् यो प्रक्रियाले विनाकारण हुने म्युटेसन एक खास अवस्थापछि विनाश हुन्छ । भिन्न जीवमा म्युटेसनको असर भिन्न नै देखिन्छ । 

अध्ययनले एकै परिवेशमा जीवका भिन्न प्रजातिमा विकासको यो असरलाई स्पष्ट पारेको छ । जस्तै, डाइनोसोर अर्थात् टेरोसोर्स र आजका पक्षीहरुमा पँखेटा र चुच्चोको विकास समान पाइन्छ । यद्यपि, दुवैका पूर्वज एक भने होइनन् । 

पृथ्वीमा यी दुवै भिन्न जीवमा पँखेटा र चुच्चोको विकास पुनः भयो । यसको मुख्य कारण यी जीव बस्ने परिवेश नै हो जसमा उनीहरु रहिरहेका छन् । 

सबै जिन बराबर हुुँदैन । जीव विकासक्रममा केही जिनको भूमिका निकै नै महत्त्वूर्ण हुन्छ भने केहीको भूमिका साधारण हुन्छ ।  

सबै जिन बराबर हुँदैनन् । यी जिनले प्रायः एकअर्कासँग मिलेर एउटा सञ्जाल बनाएका हुन्छन् । जिनको सञ्जाललाई चलाउने एक मास्टर स्विच हुन्छ । अर्थात् जीनको विकास कसरी हुन्छ भन्ने कुरा मास्टरस्विचले नियन्त्रित गर्छन् । त्यस्तै, मास्टरस्विच भने प्रकृतिकै अधीनमा रहन्छ । 

सौर्य ऊर्जाको प्रयोग 

हाम्रो सौर्य मण्डलको केही खास विशेषता छ । केही भौतिक नियमको गहिरो असर पृथ्वीमा पर्दछ । जस्तै, पृथ्वीको गुरुत्वाकर्षण, सूर्यमा हुने न्युक्लियर फ्युजन आदिबाट उत्पन्न हुने ऊर्जाबाट प्राणी जीवित रहन्छ । यी भौतिक नियम स्थायी हुन्छन् । 

यदि यी स्थायी थिए भने पृथ्वीको विकास प्रक्रियाको समयमा मानिस उत्पन्न हुनु निश्चितप्रायः थियो । तर, बीसौं शताब्दीमा भौतिक विज्ञानका कतिपय नयाँ खोजले परमाणुको स्तरमा पनि विकास प्रक्रिया अनियन्त्रत र पहिलाको अनुसार नचल्ने हुन सक्छ । अर्थात् हामीले पछि के हुन्छ भनी कुनै भविष्यवाणी गर्न सक्दैनौं । 

विकासको आधारभूत सिद्धान्त भने उही रहन्छ जुन पहिलेदेखि नै थियो । जुन जीवले सौर्य ऊर्जाको राम्ररी प्रयोग गर्न सक्छ, त्यसलाई विकास प्रक्रियामा निकै फाइदा हुन्छ । वातावरणमा रहेको ग्यासलाई राम्ररी प्रयोग गर्न सक्ने जीवले हरेक परिस्थितिमा आफूलाई बचाउन सक्छन् । 

यस्तो परिवर्तनबाट एकै किसिमको विकास प्रक्रिया चलिरहन्छ । तर, अचानक केही परिवर्तन आउने अवस्थामा भविष्यमा विकासको प्रक्रिया कुन दिशामा जान्छ भनी निर्धारण गर्न सकिँदैन । 

यसको उदाहरणका लागि १७ शताब्दीमा एक गणितीय संस्थाले मानिसहरुलाई सूर्य, पृथ्वी र चन्द्रमाको हालको स्थितिमा के उनीहरुको भविष्य कस्तो छ भनी बताउन सकिन्छ भनी सोधेको थियो । यस रहस्यको विजेताले यसको कल्पना गर्नु पनि असम्भव रहेको र सूर्यको शक्ति धेरै रहेकाले विकास प्रक्रियामा यसको अहम् भूमिका खेल्ने बताएका थिए । 

प्राकृतिक विकास पनि एक शक्ति नै हो जसले सम्पूर्ण जीवलाई एक मार्गमा चलाइरहेको छ । हामीले समयचक्रलाई पछाडि घुमाएमा फेरि के हुन्छ भन्ने बताउन सक्दैनौं । हुन सक्छ, त्यसपछि मानिसको उत्पत्ति नै नहोस् । 

तर, त्यसको स्थानमा जुन नयाँ जीव विकसित हुनेछ, त्यो आज जस्तो नै हुनेछ । किनकि, प्राकृतिक विकासको लागि जीवसँग असीमिति विकल्प छैन । केही थोरै परिर्वतन भने हामी देख्न सक्छौं ।

बीबीसी फ्युचर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय