घलेगाउँमा आराम नगरी प्रधानमन्त्री ओली सिंगापुर नै किन ?

ehulaki
सुवास जीसी | साउन २०, २०७६ सोमबार | 0

प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्नको लागि सिंगापुर उडेका छन् । उनका निजी डाक्टर दिव्या सिंहका अनुसार कामको धपेडीका कारण प्रधानमन्त्रीलाई केही समय आराम गर्नुपर्ने भएकोले उनी सिंगापुर लागेका हुन् । तर सञ्चारमाध्यमहरुले प्रधानमन्त्री स्वास्थ्य उपचारको लागि सिंगापुर गएको उल्लेख गरेका छन् । प्रधानमन्त्रीलाई कामको धपेडी हुनु र उनलाई आरामको जरुरत पर्ने कुरा स्वभाविक हो । अर्को कुरा देशको प्रधानमन्त्रीले विदेशको भ्रमण गर्ने कुरा पनि कुनै आश्चर्य होइन । द्विपक्षीय सन्धि, सम्झौता, राष्ट्रिय हित र आवश्यकताको आधारमा देशको प्रधानमन्त्रीले विभिन्न देशको भ्रमण गर्न सक्दछन् । तर कुराको चुरो के हो भने प्रधानमन्त्रीको यो भ्रमण कुनै द्विपक्षीय सन्धि सम्झौताको लागि होइन । स्पष्ट भनिएको छ, कामको बोझले आराम गर्न विदेश प्रस्थान । 

कामको धपेडी
प्रधानमन्त्रीलाई कामको धपेडी त हुने नै भयो । देशको कार्यपालिकाको कार्यकारी प्रमुख भएपछि फुर्सद हुने कुरा पनि भएन । बिहानदेखि साँझसम्म अफिसका र विभिन्न भेटघाट, भ्रमण, निरीक्षण, उदघाटन, विमोचन, शिलन्यासलगायतका कामले प्रधानमन्त्री व्यस्त हुने कुरा स्वभाविक हो । जसरी हाम्रा प्रधानमन्त्री व्यस्त छन्, त्यसो त प्रधानमन्त्री देशका प्रमुख मात्र होइनन् उनी आफ्नो पार्टीका अध्यक्ष पनि हुन् । अध्यक्षको हैसियतले आफ्ना पार्टीका कामको व्यवस्थापन र कार्यकर्ताका कुरा पनि सुन्नु प¥यो । त्यतिमात्र होइन उनको आफ्नो परिवार र आफन्त पनि छन्, उनीहरुलाई पनि केही समय त दिनैप¥यो । त्योबाहेक धनश्याम भुसालले भन्ने गरेका भूमाफिया, आफ्नै पार्टीका नपढाउने प्रोफेसर र दलालहरुले पनि समयको आश गर्छन् । जे–जसो भए पनि अलिकति समय उनीहरुलाई पनि चाहियो नै । यसो गर्दा प्रधानमन्त्रीको दैनिकी केही होइन निकै व्यस्त र धेरै नै धपेडीयुक्त भएको कुरा टाढै बसेर पनि अनुमान लगाउन सकिन्छ ।

कम्तिमा प्रधानमन्त्रीले धपेडीबाट आराम गर्नको लागि नेपालका कुनै ठाउँ रोज्न सक्थे । उनी सगरमाथा बेस क्याम्प, अन्नपूर्ण क्षेत्र, पोखरा क्षेत्र, चितवन वा लुम्बिनी जान सक्थे । शान्त ठाउँको लागि घान्द्रुक, पुनहिल, घलेगाउँ, सिरुबारी वा प्युठानको ओखरकोट पनि पुग्न सक्थे । जसको कारण देशको करोडौं रुपैयाँ स्वाहा हुँदैनथ्यो भने अर्कोतिर बिदा मनाउने र आराम गर्ने देशभित्रकै नयाँ ठाउँको व्यापक प्रचार र प्रसार हुने थियो । यसो गर्दा सरकारी कार्यक्रमको प्रचार त हुन्थ्यो नै साथसाथै आन्तरिक पर्यटनको पनि राम्रो प्रचार हुन्थ्यो ।

देशको हालत
अहिले देशको हालत खराब छ । दुई तिहाई कम्युनिस्ट नामको सरकार गठन भएकै दुई वर्ष हुन लागेको छ । जनताका आधारभूत समस्याको समाधानको लागि सरकारले सिन्कोसम्म भाँचेको छैन । एकपछि अर्को गर्दै सरकारले जनअपेक्षा र जनभावना विरोधी क्रियाकलाप गर्दै आएको छ । सरकारका मन्त्रीहरु आलोचित हुँदै आएका छन् । न्याय सम्पादन, भ्रस्टाचार नियन्त्रण, सुशासन कायम गर्न सरकारले सकिरहेको छैन । जनताको बीचमा सरकारविरुद्ध वितृष्णाहरु उत्पन्न भएका छन् । तर सरकारी नारा भने ‘समृद्ध नेपाल, सुखी नेपाली’ छ । नारा र कुराले मात्र न त समाजवाद आउँछ न सुख र समृद्धि नै । यो कन्तविजोकको स्थितिका बीच प्रधानमन्त्री भने व्यस्त र धपेडीमै छन् । 

प्रधानमन्त्री छुट्टी मनाउन विदेश जानु हुन्छ ?
प्रधानमन्त्री छुट्टी मनाउन जता पनि जान सक्छन्, विश्वका जुनसुकै देशमा ।  जसरी विश्वका अरु देशका प्रधानमन्त्रीहरु अन्य देशमा पुग्छन् । प्रधानमन्त्री मात्र किन ? हाम्रो देशका सर्वसाधारण समेत ठूलो संख्यामा छुट्टी मनाउन विदेश जाने गरेका तथ्यांकहरु प्रकाशन भएका छन् । गत सालको तथ्यांकअनुसार कुल विदेशी पर्यटकले नेपाल आएर गर्ने खर्च भन्दा नेपाली पर्यटकले विदेशमा गएर गर्ने खर्च बढी देखिएको छ । यस हिसाबले देशका सर्वसाधारणले विदेश घुम्ने ल्याकत राख्छन् भने प्रधानमन्त्रीले नराख्ने कुरै भएन । 

प्रधानमन्त्री कता जाने त ?
देशको प्रधानमन्त्री छुट्टी मनाउन वा धपेडीबाट आराम लिन जता पनि जान सक्ने कुरा त माथि नै उल्लेख गरियो । तर कुरा त्यतिमात्र होइन । कुरा देश, राष्ट्र र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वको हो । के हाम्रो देशका प्रधानमन्त्री छुट्टी मनाउन जहाँ पनि जान सक्छन् ? के छुट्टी मनाउन विदेश नगई हुँदैन ? देशभित्र छुट्टी मनाउने र शान्त हुने कुनै ठाउँ छैनन् ? यी प्रश्न महत्वपूर्ण प्रश्न हुन् । एकातिर देशको व्यापार घाटाले सीमारेखाहरु तोडिरहेको छ । संघीयता र त्यसको प्रशासनिक खर्च चित्रबहादुर केसीले भने जस्तै भालुको कञ्चट भएको छ । यो स्थितिमा प्रधानमन्त्री विदेशतिर हावा खान उड्नु भनेको साँच्चिकै उदेकलाग्दो कुरा हो । उनको भ्रमणले करोडौं रुपैयाँ खर्च हुनेछ । देशभरि बाढी र पहिरोले धनजनको क्षति भएको छ । राहत वितरणमा कुनै संवेदनशीलता अपनाइएको छैन । कम्तिमा त्यो पैसा दुःखी र गरिवको नाममा खर्च गर्न सके पनि त शासन गर्न अलिक सजिलो हुँदो हो । 

नेपाल भ्रमण वर्ष २०२०
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । २० लाख पर्यटक भित्राउने सरकारी योजना छ । त्यसको लागि सरकारको तयारी अत्यन्त न्यून वा शून्यप्रायः जस्तै छ । २०२० मा नेपालमा किन जाने ? विदेशीलाई यो कुरा भन्नु पर्छ कि पर्दैन ? न त कुनै पर्यटकीय गन्तव्यको व्यापक प्रचार छ, न कुनै वैकल्पिक बाटाहरुको खोजी छ । न कुनै गन्तव्यमा पुग्ने पूर्वाधारहरुको निर्माण र व्यवस्थापनमा सरकारको चासो, ध्यान र पर्याप्त योजना नै छ । एकातिर विदेशीलाई नेपाल ल्याउने योजनाको हालत यस्तो छ भने अर्कोतिर नेपालको आन्तरिक पर्यटनको हालत पनि खराब छ । माथि उल्लेख गरेझंै त्यति ठूलो पैमानामा नेपालीहरु छुट्टी मनाउन विदेश गइरहेका छन् । तिनीहरुलाई नेपाल घुमाउने योजना र कार्यक्रम पनि सरकारसङ्ग छैन । देशभित्र कैयौं सुन्दर गन्तव्यहरु छन्, जहाँ पुग्दा स्वर्गीय आनन्दको अनुभूत गर्न सकिन्छ । तर प्रचार र प्रसारको अभावमा ती संकुचित भएका छन् । 

बिहानदेखि साँझसम्म अफिसका र विभिन्न भेटघाट, भ्रमण, निरीक्षण, उदघाटन, विमोचन, शिलन्यासलगायतका कामले प्रधानमन्त्री व्यस्त हुने कुरा स्वभाविक हो । जसरी हाम्रा प्रधानमन्त्री व्यस्त छन्, त्यसो त प्रधानमन्त्री देशका प्रमुख मात्र होइनन् उनी आफ्नो पार्टीका अध्यक्ष पनि हुन् । अध्यक्षको हैसियतले आफ्ना पार्टीका कामको व्यवस्थापन र कार्यकर्ताका कुरा पनि सुन्नु प¥यो । त्यतिमात्र होइन उनको आफ्नो परिवार र आफन्त पनि छन्, उनीहरुलाई पनि केही समय त दिनैप¥यो । त्योबाहेक धनश्याम भुसालले भन्ने गरेका भूमाफिया, आफ्नै पार्टीका नपढाउने प्रोफेसर र दलालहरुले पनि समयको आश गर्छन् । जे–जसो भए पनि अलिकति समय उनीहरुलाई पनि चाहियो नै । यसो गर्दा प्रधानमन्त्रीको दैनिकी केही होइन निकै व्यस्त र धेरै नै धपेडीयुक्त भएको कुरा टाढै बसेर पनि अनुमान लगाउन सकिन्छ ।

कम्तिमा प्रधानमन्त्रीले धपेडीबाट आराम गर्नको लागि नेपालका कुनै ठाउँ रोज्न सक्थे । उनी सगरमाथा बेस क्याम्प, अन्नपूर्ण क्षेत्र, पोखरा क्षेत्र, चितवन वा लुम्बिनी जान सक्थे । शान्त ठाउँको लागि घान्द्रुक, पुनहिल, घलेगाउँ, सिरुबारी वा प्युठानको ओखरकोट पनि पुग्न सक्थे । जसको कारण देशको करोडौं रुपैयाँ स्वाहा हुँदैनथ्यो भने अर्कोतिर बिदा मनाउने र आराम गर्ने देशभित्रकै नयाँ ठाउँको व्यापक प्रचार र प्रसार हुने थियो । यसो गर्दा सरकारी कार्यक्रमको प्रचार त हुन्थ्यो नै साथसाथै आन्तरिक पर्यटनको पनि राम्रो प्रचार हुन्थ्यो ।

जनता लोभ्याउने प्रधानमन्त्री
प्रधानमन्त्री र उच्च पदस्थका विदेशमा स्वास्थ्य उपचार र आराम गर्न जाने भन्ने कुरा त बहाना मात्र हुन् । देशभित्र विभिन्न विदेशी स्वार्थमा काम गर्ने संस्था र व्यक्तिहरुसङ्ग भेट्नुभन्दा विदेश र खासगरी तेस्रो देश उनीहरुको रोजाइमा पर्छ । यसरी त्यस्ता देश पुगेर विभिन्न देशका खुफिया एजेन्सी र गुप्तचरहरुसङ्ग उनीहरुको गोप्य भेट हुन्छ । नत्र आराम गर्न हाम्रो देश जति उपयुक्त ठाउँ अन्यत्र छँदै छैन । यसरी प्रधानमन्त्री र नेताहरु जनताको बीचमा अलोकप्रिय छन् ।
 
प्रधानमन्त्रीले जनता लोभ्याउने काम कहिले गर्लान् ? बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनतासङ्ग प्रधानमन्त्री भन्ने कार्यक्रम अन्तरगत महिनाको एक दिन गाउँका घरमा खाना खाने र बास बस्न जान्थे । त्यो एउटा सकारात्मक सन्देश दिने काम थियो । त्यसैगरी हाम्रा प्रधानमन्त्री र मन्त्रीहरु आफ्ना जनताको बीचमा जाने, त्यहीं खाना खाने, आराम गर्ने, दुःखसुख साट्ने गरे कस्तो हुन्थ्यो होला ?
 

सुवास जीसी

लेखक अखिल (छैठौं)का केन्द्रीय सचिव हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय