ह्याम्पईबाट खोसिएको तीजभाका

ehulaki
बलबहादुर घर्ती मगर | साउन २१, २०७६ मंगलबार | 0

एउटा अर्गानिक लोक भाका जसलाई तीजले आज आफ्नो पेवा बनाउन सफल भएको छ । साउन÷भदौका हरेक साँझलाई उत्ताउलो बनाउने अनि नेपाली गाउँहरुलाई मत्त बनाउने यो भाकाको खसम को होला भनेर आजसम्म कसैले सोधेको छैन । के पार्वतीले शिवका निमित्त मिथकमा गाएको भाका थियो त त्यो ? यदि त्यसो हो भने उत्तर भारतमा किन फरक भाका दिएछ ? अनि उता राजस्थानमा झनै अलग ।

आज नेपाली संगीतको कर्पोरेट बजारमा निकै बिकाउ मौसमी भाका हुन पुगेको छ, तीज भाका । यसले नेपालको संगीत बजारमा साउन÷भदौ कब्जा गरेको छ । यो अवधिमा गीतसंगीत कारखानाहरुलाई यसको लयमा बग्नुपर्ने बाध्यता छ । गीतसंगीतको बजारमा यसले मनोपोली स्थापित गरेको छ । यसले बजार अर्थशास्त्रलाई चुनौति दिएको छ ।

पहाडबाट देश झरेका दङ्गालीहरुले ह्याम्पईलाई चरा तर्साउन धानखेतको आलीमा मिल्काइदिए । यसको मिठो भाका र मादलुको ताललाई शिवालयमा पुराए । साँझ मात्र गाउन र नाच्न हुने ह्याम्पईलाई मिल्काएपछि उज्यालोमा गाउन कसैले छेकेन, मादलुको तालमा हुर्कदै गई ह्याम्पईको भाका, तीजको बन्धकी बनेर । हरिदेवी कोइराला, कोमल वलीहरुले यसलाई सिंहदरबारसम्म पुराए ।

एउटा सामान्य भाका यति शक्तिशाली हुनुमा थुप्रै कारकहरु होलान् तर यो सत्य हो कि यो भाका शिवालयमा जन्मिएको होइन । न त यो उस्तादको सारेगमपधनिबाट नै जन्मेको थियो । यो त राप्ती र भेरीका सेवाँलमा धौलागिरीका हेवाँल मिसाएर ह्याम्पईले हुर्काएको भाका थियो ।

ह्याम्पई पश्चिम नेपालमा अविवाहित मगर चेली (मेमाज्जा)हरुले गाउने भाका र नाच्ने नाच हो । ह्याम्पई दुईवटा अलग मगर भाषाको शब्दहरुबाट बनेको नाम हो । ‘ह्या’ भनेको फर्कनु र ‘पई’ भनेको संकेत गर्नु हो । छाँचुरे डोकोलाई महिलाको पोशाक पहिराएर पुतली जस्तै सिँगारिन्छ । डोकोभित्रको मान्छे मादलुको ताल र गीतको लयमा पुतली जस्तै ह्याम्पईका हातहरु यताउता संकेत गर्दै र फर्कदै नाच्छ । यो यति सरल भाका हो कि डोकोभित्रको मान्छेले मादलुको ताल र गीत सजिलै छोपेर नाच्न सकोस् जुन भाका आज तीजमा गाइन्छ ।

यता भाकाले ह्याम्पईको असली रुप बिर्सियो अनि तीजको पहिरनमा सबैको प्रिय हुँदै गयो । ह्याम्पई गुमनाम भयो । यसलाई कसैले सम्झन पनि चाहेनन् । ह्याम्पईले जन्माएको र हुर्काएको भाकाले ठूलठूलो ब्यापार गर्न थाल्यो । महोत्सव र पार्टीहरुलाई उन्माद दिन थाल्यो । अनि कब्जा गर्न सफल भयो संगीत बजारको एउटा याम तर तीजको भाकाको नाममा ।

ह्याम्पई दिनमा नभएर साँझमा नाचिने नाच हो । खासगरी ब्याउलीको विसर्जन र ज्योमारेलाई भित्राउने क्रममा माघको अन्तिम साँझ यसको उत्सव हुन्थ्यो । संक्रान्तिमा संकलित ब्याउलीको सामलबाट तयार भएको निङ्गार चेलीले दाजुभाइलाई अर्पन्थे । दाजुभाइबाट चेलीले गच्छेअनुसारको दान पाउँथे, अनि त्यही खुशीमा शुरु हुन्थ्यो ह्याम्पई गीत र नाच । ह्याम्पई गीत र नाच आफ्ना दाजुभाइले चेलीहरुलाई दिएको खुशीमा गाइन्थ्यो । यसमा खुशी मात्र होइन दुःख पनि मिसिन्थे । सुन्दर फूल र चराहरुको नाम जोडेर गाइन्थ्यो । ‘ठगान’ छोप्न आएका तन्नेरीहरुसँगै मत्त हुन्थ्यो हिउँदको एउटा सन्ध्या । चेलीहरुले आफ्नो वैवाहिक जीवनको आफै जोखना हेर्ने फूलावे ज्योमारे भित्राउने आतुरमा हिउँदको त्यो रातलाई ह्याम्पईले जागा बनाइराख्थ्यो ।

शुरुमा पहाडका गाउँमा तीजको साँझलाई थप रोमाञ्चक बनाउन हिन्दु महिलाहरुले चौतारीमा भेला भएर ह्याम्पई नचाउन थाले । समयक्रममा ब्रतको साँझ ह्याम्पई नाच पनि तीज ब्रतको अंश हुन पुग्यो । अनि असली ह्याम्पई हिउँदबाट बर्खातिर बसाई सर्न थाल्यो ।

ह्याम्पई आज भाकाविहीन भएको छ । जुगौँजुग खर्चेर मगर समाजले हुर्काएको ह्याम्पईलाई शिव मन्दिरमा हुल्ने प्रयास नगरिएको होइन तर ह्याम्पई शिव मन्दिरमा अटाउने कुरा भएन किनभने उसको जन्म त भजन गाउनलाई भएकै थिएन ।

अर्कोतिर २०४६ को प्रजातन्त्रसँगै आएको दलीय व्यवस्थाले गाउँ, बस्ती र परिवारहरु वैचारिक रुपमा विखण्डित भए । विचारका आधारमा समाज ध्रुवीकृत हुँदै गयो । मूर्त अमूर्त रिवाजहरु सिमान्तीकरण हुँदै गए । त्यसैको गर्भमा जन्मिएको जनवादी गीतसंगीतले ह्याम्पईको घाँटी निमोठिदियो । साँस्कृतिक क्रान्तिको भेलले बगाई लगेको ह्याम्पईलाई दाङ उपत्यकाको पहाडी डायस्पोराले सम्हाल्यो । 

पहाडबाट देश झरेका दङ्गालीहरुले ह्याम्पईलाई चरा तर्साउन धानखेतको आलीमा मिल्काइदिए । यसको मिठो भाका र मादलुको ताललाई शिवालयमा पुराए । साँझ मात्र गाउन र नाच्न हुने ह्याम्पईलाई मिल्काएपछि उज्यालोमा गाउन कसैले छेकेन, मादलुको तालमा हुर्कदै गई ह्याम्पईको भाका, तीजको बन्धकी बनेर । हरिदेवी कोइराला, कोमल वलीहरुले यसलाई सिंहदरबारसम्म पुराए । त्यसबेला सशक्त विद्युतीय सञ्चारमाध्यम रेडियो नेपालले नेपाली बस्ती बस्तीमा वितरण गरिदियो । विभन्न भूगोलले मूलधारको भाकामा आफ्नो आञ्चलिकता मिसाउन थाले । लयमा फराकिलो विविधिकरण पैदा भयो । 

आज बहस पनि हुन्छन् तीजको भाकामा शिवको गुनगान हुनु पर्ने । पतिपर्मेश्वरको चाकडी हुनुपर्ने । पुरुषहरु पुजिनुपर्ने तर ठ्याक्कै उल्टो भएको देखिन्छ । सबैभन्दा बढी गाली पुरुषहरुले तीजकै दिन खान्छन् । किनकि त्यहाँ शिवको भक्तिगीत होइन ह्याम्पई गाइएको हुन्छ । यो चाहिँ भाकाले आफ्नो चरित्र भुल्न नसकेको हो । ह्याम्पईको वंशाणुगत गुण प्रकट भएको हो ।

यता भाकाले ह्याम्पईको असली रुप बिर्सियो अनि तीजको पहिरनमा सबैको प्रिय हुँदै गयो । ह्याम्पई गुमनाम भयो । यसलाई कसैले सम्झन पनि चाहेनन् । ह्याम्पईले जन्माएको र हुर्काएको भाकाले ठूलठूलो ब्यापार गर्न थाल्यो । महोत्सव र पार्टीहरुलाई उन्माद दिन थाल्यो । अनि कब्जा गर्न सफल भयो संगीत बजारको एउटा याम तर तीजको भाकाको नाममा । ह्याम्पई आज भाकाविहीन भएको छ । जुगौँजुग खर्चेर मगर समाजले हुर्काएको ह्याम्पईलाई शिव मन्दिरमा हुल्ने प्रयास नगरिएको होइन तर ह्याम्पई शिव मन्दिरमा अटाउने कुरा भएन किनभने उसको जन्म त भजन गाउनलाई भएकै थिएन ।

आज बहस पनि हुन्छन् तीजको भाकामा शिवको गुनगान हुनु पर्ने । पतिपर्मेश्वरको चाकडी हुनुपर्ने । पुरुषहरु पुजिनुपर्ने तर ठ्याक्कै उल्टो भएको देखिन्छ । सबैभन्दा बढी गाली पुरुषहरुले तीजकै दिन खान्छन् । किनकि त्यहाँ शिवको भक्तिगीत होइन ह्याम्पई गाइएको हुन्छ । यो चाहिँ भाकाले आफ्नो चरित्र भुल्न नसकेको हो । ह्याम्पईको वंशाणुगत गुण प्रकट भएको हो ।
 
राप्ती र भेरीका सुसेलीसँगै हुर्केको ह्याम्पई भाका आज तीजको भाका बनिसकेको छ । लोकले गाउने भाका कसैको पेवा त हुँदैन तर उत्पत्तिको पहिचान पाउने अधिकारबाट कसैलाई बन्चित गरिनु अन्याय होइन र ?
  
आज ह्याम्पईलाई तीजसँग कुनै आरिस छैन किनभने उसले हुर्काएको भाका असली ब्राण्ड बनेर संसारभर गुञ्जिएकी छे । मगर चेलीको मात्र होइन सबै नेपाली नारीको भाका बनेकी छे । नेपाली नारीको अधिकारका लागि आवाज उठाउने गैरराजनीतिक साधन भएकी छे । एउटा कन्दरामा हुर्केको भाका नारी मुक्तिको आवाज बन्न पुगेकी छे । अरु केही चाँहिदैन, ह्याम्पईलाई यतिमात्र भनिदिए पुग्छ कि ‘तीजको भाका ह्याम्पईको नासो हो ।’

बलबहादुर घर्ती मगर

लेखक मगर संस्कार र संस्कृतिका अनुसन्धानकर्ता हुनुहुन्छ । उहाँ हाल जापानमा हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय