मंगलबार पनि नेप्सेमा गिरावट

ehulaki
ई-हुलाकी संवाददाता | साउन २१, २०७६ मंगलबार | 0

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्सेमा गिरावट आएको छ । यस दिन नेप्से ९ दशमलब ३६ अंकले घटेर १ हजार २ सय ४५ दशमलब ७३ अंकमा पुगेर कारोबार बन्द भएको छ । अघिल्लो दिन सोमबार पनि नेप्से ४ दशमलव ५५ अंकले घटेको थियो ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ९१ अंकले घटेर २ सय ६९ दशलमव १० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यसदिन १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री भई ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन सोमबार १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५ सय ६ कित्ता शेयर खरिदबिक्री भई ४४ करोड ३२ लाख ५ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन कारोबारमा आएका १२ वटा समूहहरुमा सबै समूहहरु घटेका छन् ।

यस दिन कृषि विकास बैंकको सबैभन्दा बढी कारोबार भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्बाधिक कमाउनेमा जोशि हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य २ दशमलव ७४ प्रतिशतले बढेको छ ।

यस दिन सर्बाधिक गुमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय