सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा

ehulaki
ई-हुलाकी संवाददाता | साउन २२, २०७६ बुधबार | 0

काठमाडौं । आगामी भदौको अन्तिम साता काठमाडौंमा आयोजना हुने सातौं फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्स २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पो आगामी भदौ २५ गते बुधबारदेखि २९ गते आइतबार सम्म राजधानीमा संचालन हुनेछ ।

नेपाल फर्निचर तथाफर्नि्सिङ संघको आयोजनामाहुनलागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबैतयारी अन्तिम चरणमा पुगेको जनाएको छ । फर्नेक्स २०१९ को शिर्ष प्रायोजकजेम फ्लोरिङ रहेको छ ।

एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र जेन्शा कार्पेट रहेका छन । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सय भन्दा बढी कम्पनीहरू सहभागिहुने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरूको वृहत प्रदर्शनी हुनेद बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय