केटासाथी नभएर तनावमा हुनुहुन्छ ? चिन्ता किन यसरी पाइन्छ नक्कली ‘ब्वाइफ्रेन्ड’

ehulaki
एजेन्सी | साउन २६, २०७६ आइतबार | 0

काठमाडौं ।  एक भिडियो गेम कम्पनी लेबल–५ ले युवतीहरूका लागि एक नक्कली ब्वाइफ्रेन्ड तयार गरेको छ । एक्लोपनबाट दिक्क हुने युवतीलाई लक्षित गर्दै यस्तो ‘टेक्नोेलोजी’ तयार गरिएको कम्पनीले जनाएको छ । नक्कली ब्वाइफ्रेन्डसँग युवतीहरूले अङ्कमाल गर्दै तनाव भगाउन सक्ने बताइएको छ । नक्कली ब्वाइफ्रेन्डलाई आफूखुसी कतै लैजान पनि सक्ने बनाइएको छ ।

थिएटर, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स जस्ता सार्वजनिक स्थलमा समेत ब्वाइफ्रेन्डलाई सँगै लैजान सकिनेछ । यसप्रकारको नयाँ प्रविधिको नाम ‘ब्वाइफ्रेन्ड हग स्पीकर्स’ राखिएको छ । अझ रोचक त के छ भने, यस्तो ब्वाइफ्रेन्डलाई अङ्कमाल गरेपछि आफैँ सङ्गीत बज्ने गर्दछ । 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय