अमेरिकाले भिसा नदिएपछि सन्दीपले गुहारे प्रधानमन्त्री !

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको भिसा रिजेक्ट भएको छ ।

भिसाका लागि निवेदन दिएका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । महाराजगन्जस्थित अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेपछि 'स्तब्ध' भएको भन्दै सन्दीपले मंगलबार दुई ट्विट गरेका छन् ।

क्यारेबियन लिग खेल्न उत्साहित रहेको बेला दूताबासले भिसा नदिएपछि सन्दीपले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समेत मेन्सन गरेका छन् ।

उनलाई दुतावसाले किन भिसा दिएन ? त्यो बारे भने सन्दीपले खुलाएका छैनन् । 

आवश्यक सबै प्रक्रियाहरु पुयाउँदा समेत दुतावासले भिसा दिन अस्विकार गरेको लामिछानेले बताएका छन् । सन्दीप सेप्टेम्बर ४ तारिखबाट सुरु हुने बार्बाडोस ट्रिडेन्टसबाट क्यारेबियन लिग खेल्न अमेरिका जान लागेका थिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय