सन्दीप लामिछाने भिसा प्रकरण : रवीन्द्र मिश्रले भने, 'यो देशकै अपमान हो'

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । साझा पार्टीका अध्यक्ष एवं पूर्व पत्रकार रवीन्द्र मिश्रले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई  अमेरिकाले भिसा दिन अस्वीकार गरेको कुरा देशकै अपमानको बिषय भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मिश्रले भनेका छन्, 'देश सम्पन्न भएन भने यस्ता घटना दोहरी रहन्छ । सन्दीपजस्तै कयौँ प्रतिष्ठित नेपालीको भिसा अस्वीकृत भएको छ। यो उनीहरूको मात्र होइन, देशकै अपमान हो। गरिव देशका नागरिकले बारम्बार यस्तो अपमान ब्योहर्नु पर्छ। भ्रष्टाचार घटाउँ, देश बनाउँ, सबै ठिक हुन्छ।'

रेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका सन्दीपको भिसा अमेरिकी दुतावासले रिजेक्ट गरेका छ । सो कुराले स्तब्ध बनेको सन्दीपले ट्वीटरमा मंगलबार उल्लेख गरेका छन् । 

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले बताएका छन् । अमेरिकी दूतावासले भिसा नदिएपछि सिपिएल खेल्न जान सन्दीपलाई गाह्रो भएको छ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय