हरेक दिन श्रीमानको हातको पिटाई खान विवश ‘कसौटी जिन्दगी’की श्वेता

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौँ ।  हिन्दी धारावाहिक सिरियल ‘कसौटी जीन्दगी’मा पीडित बुहारीको भूमिका निर्वाह गरेर चर्चामा आएकी बलिउड नायिका श्वेता तिवारीले ‘रियल लाईफ’ मा पनि रिललाइफकै नियति भोग्न विवश भएकी छिन् ।

श्रीमान अभिनव कोहलीले घरेलु हिंसा गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि उनको आन्तरिक मामलो अहिले फेरि चर्चाको विषय बनेको छ । उनकी छोरी पलक तिवारीले पनि बाबुले आमालाई पिट्ने गरेको उल्लेख गरेकी छिन् ।

छोरी पलकले सामाजिक सञ्जालमा लामो पत्र लेख्दै भनेकी छिन् ‘मेरी आमा हरेक दिन बुबाको हातको पिटाई खान विवश थिईन्, जुन दिन प्रहरीमा उजुरी गर्ने हिम्मत गरिन् त्यही दिन मात्रै उनले पिटाई खानु परेन ।’

उनले लेखेकी छिन् ‘यो एकदमै घृणायुक्त कार्य हो । यो अवस्थामा म आफ्नी आमाको पक्षमा उभिएकी छु ।’ अभिनवले अहिलेसम्म शारीरिक रुपमा दुब्र्यबहार नगरेको जानकारी दिँदै उनले लेखेकी छिन् ‘तर, अनुचित र डिष्ट्रबिङ कमेन्ट धेरै पटक गरेका छन् ।’

श्वेताले अभिनवसंग दोस्रो विवाह गरेकी थिइन् । सन २००७ मा राजा चौधरीसँग सम्बन्ध बिच्छेद गरेपछि श्वेताले अभिनेता अभिनवसंग विवाह गरेकी थिइन् । राजासँग विवाहपछि छोरी पलक जन्मिएकी थिइन्, जो अहिले १९ वर्षकी भइन्अभिनवसंग विवाह गरेपछि जन्मिएकी जन्मिएकी छोरी रेयाँश अहिले दुई वर्षको छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय