प्रदेश नम्बर–५ का जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाडौं । प्रदेश नम्बर–५ सरकारले जनप्रतिनिधिलाई दोहोरो सुविधा लिन पाउने बाटो खुला गरिदिएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऐन संशोधन गरेर स्थानीय जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिने पाउने बाटो खुला गरिदिएको हो ।

यसअघि, स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन नपाउने व्यवस्था रहेको थियो । मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ ओटा एजेन्डामा छलफल गरी निर्णय भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियमअनुसार सुविधा दिइ अवकाश दिने निर्णय पनि गरेको मन्त्री चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय