दुर्घटनामा परी भारतिय नागरिककाे मृत्यु

ehulaki
ई-हुलाकी | साउन २८, २०७६ मंगलबार | 0

काठमाण्डाैँ । रौतहट जिल्लाको राजपुर नगरपालिकामा आज भएको सवारी दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत विहार पलुवाचैनपुर कुमरार टोलीका ६० वर्षीय विन्देश्वर दास रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बौद्धिमाई नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र चन्द्रवंशी चढेको बीआर०३२ पीए १५४१ भारतीय नम्बरको स्कारपियाले ठक्कर दिँदा दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने गाडीका चालक गौर नगरपालिका–४ टिकौलियाका राकेश सहनीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय