मर्नुअघि शालिकरामले नाम लिएको वेलकम एडभटाइजिङ सँग रविको कनेक्सन हेर्नुहोस्

ehulaki
ई-हुलाकी | साउन ३१, २०७६ शुक्रबार | 0

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले भिडियो सन्देशमा वेलकम एडभर्टाइज मार्फत करोडौँ असुल्ने गरेको बताएका थिए । 

उनले भनेका थिए ‘रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्छ । दुनियाँलाई थर्काएका छौ । कतिसँग करोडौँ घुस लिएका छौ । मलाई भनिस् भनी मार्दिन्छु भन्थ्यौ रवि‘ रवि लामिछाने तिमीलाई एक दिन पोल्नेछ छ त्यो पैसाले । याद गर, रविका अन्धभक्तहरू केहीले भन्लान् रवि राम्रो हो भनेर । तर रविको असली रूप देखिन अझै केही वर्ष लाग्छ । रविले आफैले सिधै आफूले पैसा लिँदैनन् । वेलकम मार्फत । वेलकम एडभर्टाइजले सिधा कुरामा विज्ञापन गर्छ । त्यसले पैसा उठाउँछन् । त्यसको केही प्रमाणहरू अहिले मसँग पनि छन् ।’


निर्मल पौडेल अध्यक्ष रहेको वेलकम एडभटाइजिङमा निता पौडेल म्यानेजर रहेको भेटिएको छ भने रवी लामीछाने कन्सल्ट्यान्ट र पीआर हेडको रुपमा कार्यरत रहेको देखिन्छ ।

शालिकरामले मर्नुअघि आफूसँग छ भनेको प्रमाण भने बाहिर आइसकेको छैन । प्रमाण बाहिर नआएको हुनाले करोडौंको धन्दा के थियो भन्ने अझै बाहिर आएको छैन । 

हेर्नुहाेस्  वेलकम एडभर्टाइजकाे वेबसाइट 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय