पर्सनल एसएमएस सार्वजनिक गर्ने  दीपक र ज्वालालाई कार्वाही गर्न अस्मिताको माग

ehulaki
ई-हुलाकी | साउन ३१, २०७६ शुक्रबार | 0

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी युवती अस्मिता कार्कीले आफ्ना पर्सनल एसएमएस सार्वजनिक गर्नेलाई कारवाहीको माग गरेकी छिन । उनले आफ्ना पर्सनल एसएमएस सार्वजनिक भएकोमा आपत्ति प्रकट गरेकी हुन । उनको पर्सनल एसएमएस सार्वजनिक गर्ने  दीपक बोहरा र ज्वाला संग्रौलालाई कारवाहीको माग समेत उनले गरेकी छिन । 
उनले एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने जनाएकी छिन् । 

चितवन प्रहरीले नियन्त्रण लिनुपूर्व अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युशर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गोप्य हुनुपर्ने एसएमएसहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बताएकी हुन । शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै उनले यसबारे कानुनी उपचार खोज्ने जनाएकी छिन । 

विद्युतीय कारोबार ऐनको दफा ४७ मा विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई सजाय हुन व्यवस्था छ । जसमा कुनै पनि व्यक्तिको गोपनीयता सम्बन्धी विषय उसको प्रतिष्ठामा आँच आउनेगरी सार्वजनिक गर्न नपाउने उल्लेख छ । विद्युतीय माध्यममा सार्वजनिक गर्नेमाथि ५ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ । सहमतिबिना जसले सार्वजनिक गर्छ त्यही कसूरदार हुन्छ ।

 

मर्ने जानकारी दिँदै मेसेज पठाएका थिए शालिकरामले, ज्वालाले सार्वजनिक गरिन स्क्रिनसट !

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ३९ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय