घाँटीको समस्या लिएर अस्पताल पुगेका वृद्धको जाँच गर्दा चिकित्सक हैरान

ehulaki
एजेन्सी | भदौ १, २०७६ आइतबार | 0

बेलायत । घाँटीको समस्या लिएर अस्पताल पुगेका एक वृद्धको चेकजाँच गर्दा चिकित्सक समेत हैरान भएका छन्। ८ दिनअघि मुखबाटै हराएका दाँत चिकित्सकले चेकजाँचका क्रममा घाँटीमा फेला पारेका थिए। सुन्दा तपाईलाई अचम्म लाग्छ होला । तर यो घटना वास्तवमै सत्य हो। 

केही दिनअघि बेलायतका ७२ वर्षका ती वृद्धको पेटको शल्यक्रिया गरिएको थियो। जसका कारण उनी निकै कमजोर बनेका थिए। पेटको पीडासँगै उनलाई घाँटीमा समेत संक्रमण देखियो। घाँटीमा संक्रमण देखिएपछि उनलाई एक हप्तासम्म लगातार तरल पदार्थ मात्रै खान दिइएको थियो। 

जाँचका क्रममा डाक्टरहरुले उनको स्वास नलीमा संक्रमण भएको बगाए। उनीहरुले शल्यक्रिया पछि घाँटीमा ट्युब हाल्दा साइड इफेक्ट भएका कारण यस्तो भएको भन्दै औषधि दिएर घर पठाएका थिए। औषधि खाँदा अवस्थामा सुधार आउनुको साटो झनै बिग्रिएपछि उनलाई फेरि अस्पताल पुर्याइयो। चिकित्सकले दोस्रो पटक जाँच गर्दा घाँटी दुखेको कारण पत्तिा लगाए। 

८ दिनअघि भएको शल्यक्रियाका क्रममा ती वृद्धको मुखमा राखिएका कृत्रिम दाँत हराएका थिए। जाँचका क्रममा पत्ता लाग्यो की उनको मुखबाट ती दाँत खुस्किएर घाँटीमा अड्किएका रहेछन्।

उनको घाँटीमा फसेका कृत्रिम दाँतहरु चिकित्सकले बाहिर निकालेपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 

बिरामीको शल्यक्रियाका क्रममा कृत्रिम दाँत मुखमै छाड्दा दाँत निलिने खतरा प्रवल हुने गरेको चिकित्सले बताएका छन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय