यी अभिनेताका ड्राइभरको कर्तुतः आफैले गरेको बलात्कारको भिडियो देखाएर ब्ल्याकमेल

ehulaki
ई-हुलाकी | भदौ ७, २०७६ शनिबार | 0

काठमाडौँ । बलिउड अभिनेता परेश रावलको गाडी चलाउने ड्राइभरमाथि बलात्कारको आरोप लागेको छ। 

३५ वर्षीय महिलाले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ड्राइभरले आफूमाथि बलात्कार गरेर र उक्त रेपको भिडियो बनाएर आफूलाई ब्ल्याकमेल गरेको आरोप महिलाले लगाएकी थिइन्। 

यतिमात्र हैन ड्राइभरले उक्त रेपको भिडियो इन्टरनेटमा समेत अपलोड गरिदिएको महिलाको आरोप छ। भारतीय प्रहरीका अनुसार उक्त उजुरी केहीदिन अघि दर्ता भएको थियो। १६ अगष्टमा प्रहरी आरोपी ड्राइभरलाई पक्राउ गर्न अभिनेता रावलको घर पुगेको थियो। तर उनी त्यहाँ थिएनन्। 

त्यसपछि घरका अर्का ड्राइभरको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ। यद्यपी अभिनेता रावलले यस बारेमा कुनै प्रतिक्रिया दिनका छैनन्। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय