एसियाका १३ मनोरम शहरको सूचीमा नेपालको घान्द्रुक पनि

ehulaki
ई-हुलाकी | भदौ ११, २०७६ बुधबार | 0

काठमाडौँ । चर्चित समाचार संस्था सीएनएनले सार्वजनिक गरेको एसियाका मनोरम १३ शहरको सूचीमा नेपालको घान्द्रुक पनि परेको छ। 

सीएनएन ट्राभलले बुधबार उक्त सूची सार्जजनिक गरेको हो। सीएननले घान्द्रुकलाई मध्य नेपालको सुन्दर ठाउँ भनेर उल्लेख गरेको छ। पोखराबाट पाँच घन्टाको ट्रेकिङपछि घान्द्रुक पुग्न सकिने बताएको छ। 

सीएनएनले नेपालको सुन्दर हिमाली क्षेत्र र घान्द्रुकको भिडियो पनि सार्वजनिक गरेको छ। परम्परागत शैलीका कलात्मक चिया घर, यहाँको चालचलन, पहाडको टुप्पोमा रहेका मन्दिरको पनि प्रसंशा गरेको छ।  

सीएनएनले उक्त सूचीमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ् भिगन, लाओसको लुआङ प्रबाङलाई पनि समावेश गरेको छ। सूचीमा कम्बोडियाको काम्पोट, इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जोजुवाङ, भारतको मलिननोङ, हङकङको साइ कुङ तथा थाइल्याण्डको फुकेट पनि परेका छन्। 

 

सीएनएनले सार्वजनिक गरेको सूचीका लागि यहाँ जानुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय