आज ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

काठमाडौँ । साताको छैठौँ दिन शुक्रबार सुनचाँदीकोको मूल्य घटेको छ।

आइतबार र सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार घटेको थियो भने बुधबार स्थिर थियो। बिहीबार बढेको सुनको मूल्य आज (शुक्रबार) ह्वात्तै घटेको हो। 

आज छापावाल सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७३ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७३ हजार १ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ८ सय ९५मा  रुपैयाँमा कारोबार भएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय