विद्यालय कर्मचारीको १६ हजार पाँचसय र इसिडि शिक्षकको तलब मासिक २० हजार

ehulaki
ई-हुलाकी | भदौ १३, २०७६ शुक्रबार | 0

काठमाडौँ । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरूलाई अत्यन्तै न्यून तलव सुविधा दिइरहेको गुनासो आइरहेको हुन्छ । तर केही आर्थिक रुपमा सक्षम सामुदायिक विद्यालयहरूले भने उनीहरूको पनि राम्रो व्यवस्थापन गरेका हुन्छन । 

काठमाडौँ बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरूलाई राम्रो सुविधा दिएको जनाएको छ । विद्यालयले इसिडिका शिक्षकहरूलाई १४ हजार पाँचसय मासिक सुविधा दिँदै आएको थियो । गएको महिना देखि स्थायी शिक्षकको तलब बढेपछि विद्यालयले उनीहरूलाई समेत थप २ हजार तलब बढाइदिएको र महँगी भत्ता भनेर मासिक २ हजार दिने गरेको जनाइको छ ।

अहिले विद्यालयले इसिडि शिक्षकहरूलाई मासिक १८ हजार पाँचसय तलब सुविधा दिँदै आएको छ । यस्तै खाजा, कक्षा शिक्षक, ग्रेड शिक्षकहरूलाई थप भत्ता दिने गरेको छ । यसरी अन्य सुविधाहरू पनि जोड्दा इसिडि शिक्षकहरूले झण्डै मासिक २० हजार तलब सुविधा पाउने गरेका प्रधानाध्यापक नातिकाजी महर्जनले जानकारी दिएका छन ।

विद्यालय कर्मचारीको न्यूनतम तलब पहिले १२ हजार पाँचसय रहेकामा स्थायी शिक्षकको जस्तै विद्यालयले अहिले २ हजार बढाइदिएको छ । र थप महँगी भत्ता २ हजार गरेर मासिक १६ हजार पाँचसय तलब सुविधा बुझ्दै आएको विद्यालयले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय