सुनको मूल्यकाे नयाँ रेकर्डले शेयर बजारमा धक्काः यस्ताे भयाे साताकाे शेयर बजार

ehulaki
ई-हुलाकी | भदौ १४, २०७६ शनिबार | 0

काठमाडौं । यो साता शेयर बजारको अवस्था उतार चढाव रहन पुग्यो । शेयर कारोबार ओरालो लागेर नेप्से परिसुचक ११ सयको बिन्दुमा झरेको छ । शेयर कारोबारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको शेयर विश्लेषकले बताएका छन् । बजारमा सुनको मूल्य वृद्धि भएर दैनिक नयाँ रेकर्ड कायम भएसँगै शेयर बजारमा भने यसको नकारात्मक असर देखिएकाे छ । समग्रमा यो साता शेयर कारोबार र शेयर मूल्यमा उतार चढावको अवस्था रह्याे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार १ सय ७२ कम्पनीका शेयर कूल १ अर्ब ६१ करोड ४८ लाख ३८ हजार ३ सय ७७ रुपैयाँमा कारोबार भएको छ ।

आइतबार १ सय ७१ कम्पनीका १२ लाख ७५ हजार ६ सय २३ कित्ता शेयर खरिद बिक्री भएका थिए । ३५ करोड २ लाख ६९ हजार पाँच सय ९ रुपैयाँ मूल्यको कारोबार भएर नेप्सेमा ३ दशमलव ४५ बिन्दुले घटेर १ हजार २ सय ९ दशमलव ६२ कायम भएको थियो ।

सोमबार १ सय ७२ कम्पनीका १६ लाख ३ हजार ३ सय २६ कित्ता शेयर कारोबार भएको थियो । ३८ करोड ५ लाख ९६ हजार ५ सय ७१ रुपैयाँको कारोबार हुँदा नेप्से ६ दशमलव ४९ बिन्दुले घटेर १ हजार २ सय ३ दशमलव १३ बिन्दुमा कायम हुन पुग्यो ।

मंगलबार १ सय ६७ कम्पनीका ८ लाख ५० हजार ३ सय ८६ कित्ता शेयर खरिद बिक्री भएको थियो । कूल २४ करोड ४६ लाख ६८ हजार २ सय ९ रुपैयाँमा कारोबार हुँदा नेप्से ४ दशमलम ८७ ले बढेर परिसूचकमा सुधार भई १ हजार २ सय ८ कायम हुन पुग्याे ।

बुधबार १ सय ६८ कम्पनीका १३ लाख १९ हजार ८ सय ६ कित्ता शेयर खरिद बिक्री भयो, जसमा कूल ३७ करोड १९ लाख ४४ हजार ४ सय २९ रुपैयाँको कारोबार भएको थियो । कारोबार रकममा खास उतार चढाव नरहेपनि नेप्से परिसूचक भने दोहोरो अंकले घटेर १ हजार १ सय ९७ दशमलव ७५ कायम हुन पुग्यो । नेप्से १० दशमलव २६ अंकले ओरालो लागेको थियो ।

बिहीबार १ सय ७० कम्पनीका ९ लाख ७५ हजार ८ सय ३४ कित्ता शेयर खरिद बिक्री भयो । कूल २७ करोड ७३ लाख ५९ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएर नेप्सेमा १ दशमलव ३३ अंकले ओरालो लाग्न पुग्यो । स्टकका अनुसार नेप्से १ हजार १ सय ९६ दशमलव ४१ कायम हुन पुग्यो ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 ५ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय