नेपालका उत्कृष्ट १२ विद्यालय छनोट (सूचीसहित)

ehulaki
ई-हुलाकी | भदौ १९, २०७६ बिहिबार | 0

काठमाडौं । शिक्षा मन्त्रालयले देशका उत्कृष्ट १२ विद्यालयहरुको छनोट गरेको छ । 

मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा ती उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने जनाएको छ ।

कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएको शिक्षा मन्त्रालयले जनाएको छ । 

जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह मावि, मोरङ ईन्द्रपुरको सुकुना मावि र पर्वत फलेवासको भवाजी विद्यापीठ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ क्रमशः कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे साँगाको नेपाल प्रहरी मावि द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिक विद्यालयहरुमा मेधा सामुदायिक विद्यालय तेखापुखु मक्तपुर, रेसुङ्गा मावि तम्घास गुल्मी र तरुण मावि बालाजु काठमाडौं क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय