टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका सुवेदी विजयी

ehulaki
ई-हुलाकी | भदौ २१, २०७६ शनिबार | 0

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा वामपन्थी समूहका अञ्जान थापालाई पराजित गर्दै प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन्।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका थापालाई ८३ मतअन्तरले पराजित गर्दै सुवेदी अध्यक्ष निर्वाचित भएका हुन्।

विजयी भएका सुवेदीले ५२१ मत प्राप्त गरेका छन् भने थापाको पक्षमा ४३८ मत खसेको थियो। सुवेदी र थापाले प्यानलसहित उम्मेदवारी दिएका थिए। 

त्यस्तै महासचिवमा थापा समूहकै सरिता लामा विजयी भएकी छन्। उनले निकटम प्रतिद्वन्द्वी कर्मा शेर्पालाई १३ मतले पराजित गरिन्।

त्यस्तै सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन्। सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छन्।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना र सुवेदी समूहका चार जना निर्वाचित भएका छन्। थापा समूहबाट ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमा तेन्जिङ शेर्पा, रामबहादुर गुरुङ निर्वाचित भएका छन्। यसैगरी सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले र सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिले जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय