भारतको असफलतामा पाकिस्तानले उडायो यसरी मजाक

ehulaki
ई-हुलाकी | भदौ २१, २०७६ शनिबार | 0

काठमाडौँ । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ। चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको थियो।

यसका प्रमुखले यससँग जोडिएका डाटाको विश्लेषण गरिरहेको बताएका छन्। यसअघि चन्द्रमामा रुस, अमेरिका र चीनले मात्रै अवतरण गराउन सकेको इतिहास छ। भारत यो उपलब्धि हासिल गर्ने प्रयासमा असफल बनेको छ। 

सम्पर्क टुटेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकलाई हौसला दिदै कुनै ठूलो मिसनमा उत्रिदा यस्ता उताव–चढाव आइरहने बताएका छन्।  यसअघि सिवनले भनेका थिए, अन्तिम १५ मिनेट सबैभन्दा महत्वपूर्ण हुनेछ। र उक्त १५ मिनेटमै सम्पर्क टुट्यो। 

भारतको यस सफलतालाई लिएर निकै उत्साहको माहोल थियो। त्यहाँका मानिसहरुको नजर रातिसम्म  उक्त मिशनमा थियो।  जब यसको सम्पर्क टुट्यो तब मानिसहरुमा निकै निराशा छाएको छ।  तर पनि सबैले वैज्ञानिकको हौसला बढाए । तर भारतको छिमेकी देश भारतले भने त्यसको मजाक उडाएको छ भने व्यंग्यात्मक प्रतिक्रिया दिएको छ। 

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले चन्द्रयान–२ सँग सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीको प्रतिक्रियाको भिडियो ट्वीट गर्दै भनेका छन्, मोदी ज्यूले सेटेलाइट कम्युनिकेशनका बारेमा भाषण दिइरहेका थिए। लाग्थ्यो उनी नेता हैनन् बरु एक अन्तरिक्षयात्री हुन्। लोकसभाले मोदीलाई एक गरीब मुलुकको ९०० करोड रुपैयाँ बर्वाद भएको विषयमा प्रश्न गर्न चाहियो।   

दोस्रो ट्वीटमा मन्त्री चौधरीले लेखेका छन्, म अचम्ममा छु की भारतीय ट्रोल्सले मलाई गाली गरिरहेका छन्। मानौँ उनको मुन मिशनलाई मैले असफल बनाए। हामीले भनेका थियौँ र ९०० करोड लगाइदेउ यी नालायकमाथि। अब आफूलाई सम्हाल र सुत्ने प्रयास गर।

त्यस्तै पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले पनि भारतको मजाक उडाएका छन्। उनले ट्वीट गर्दै लखेका छन्, निकै राम्रो, यसमा कस्को गल्ती छ ? पहिला निर्दोष कश्मिरका मानिसलाई कैद गरेर राखेको छ, दोस्रो मुस्लिम र अल्पसंख्यक, तेस्रो, भारतभित्रका हिन्दू विरोधीको आवाज,चौथो, आईएसआई, तिम्रो हिन्दूत्वले कही लैजादैन्। 

यसरी पाकिस्तानमा सामाजिक सञ्जालबाट भारतको यस असफल मिशनको मजाक उडाइएको छ।

विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक विक्रम ल्याण्डरलाई अवतरण गराएर भारतले अन्तरिक्ष विज्ञानको इतिहासमै नयाँ अध्याय रच्ने थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा यसरी अवतरण गराउन सफल पहिलो राष्ट्र भारत बन्ने थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय