असफलतापछि प्रधानमन्त्री मोदीलाई अंगालो हालेर रोए वैज्ञानिक प्रमुख (भिडियो)

ehulaki
ई-हुलाकी | भदौ २१, २०७६ शनिबार | 0

काठमाडौँ । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ। चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको थियो।

यसै क्रममा भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदी इसरोको मुख्यालयमा उपस्थित थिए। शनिबार बिहान पुनः वैज्ञानिकलाई हौसला बढाउन बेंगुलुरुस्थित मुख्यालय पुगे। इसरो मुख्यालयबाट बिदा हुने समयमा इसरो प्रमुख सिवन प्रधानमन्त्री मोदीसँग अंकमाल गरेर रुन लागे। त्यसपछि मोदीले उनको हौसला बढाए। 

हेर्नुहोस् भिडियोमा

यसअघि चन्द्रमामा रुस, अमेरिका र चीनले मात्रै अवतरण गराउन सकेको इतिहास छ। भारत यो उपलब्धि हासिल गर्ने प्रयासमा असफल बनेको छ। 

विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक विक्रम ल्याण्डरलाई अवतरण गराएर भारतले अन्तरिक्ष विज्ञानको इतिहासमै नयाँ अध्याय रच्ने थियो। चन्द्रमाको दक्षिणी ध्रुवमा यसरी अवतरण गराउन सफल पहिलो राष्ट्र भारत बन्ने थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय