नेपाल धनी बन्दै छ- अर्थमन्त्री

ehulaki
ई-हुलाकी | भदौ २२, २०७६ आइतबार | 0

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत भएको दाबी गरेका छन । उनले सबै क्षेत्र स्वस्थकर गतिमा अघि बढिरहेको समेत बताएका छन । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै खतिवडाले केही तत्वहरु सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको समृद्धिको तथ्यांकलाई मिथ्या भनेर रिपोर्टिङ गरिएको बताएका हुन ।

उनले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको र सरकारको तथ्यांक सही भएको दावि समेत गरेका छन । सरकारले गरेका राम्रा र आर्थिक सुधारका कामलाई असत्य भनेर अन्तर्राष्ट्रिय दाताहरुलाई भ्रम छर्ने कामप्रति उनले आपत्ति जनाएका छन । अर्थमन्त्रीले कार्यक्रममा पूँजीबजारलाई हस्तक्षेप हुनबाट बचाउन आग्रह समेत गरेका छन । उनले सरकारले लगानीकर्ता तथा पूँजीबजार सँग सम्बन्धित सरोकारवालालाई बाटो देखाईदिएको बताएका छन । 

पछिल्लो ३ देखि ४ बर्षमा नेपालको आर्थिक क्षेत्रका प्रायजसो सुचकहरु सकारात्मक भएपनि देशभित्रैको गिरोहले सरकारको विरोध गर्न नकारात्मक हल्ला फैलाउने काम गरिरहेकोमा उनको जोड थियो । उनले नेपालमा सिर्जना भएका प्रायजसो रोजगारमा विदेशी श्रमिकले हस्तक्षेप गरिरहेको र स्थायी लेखा नम्बर नम्वरले यो कम हुँदै गएको उनको भनाई थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय