हरेक दिन बलात्कार गर्थे आफ्नै दाइले, अहिले दाइकै बच्चाकी आमा बनिन् बहिनी

ehulaki
एजेन्सी | भदौ २३, २०७६ सोमबार | 0

काठमाडौं । नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो ।

अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् ।

कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले पुलिसमा बयान दिएकी छन् । युवतीको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 १३ मिनेट अघि

सम्बन्धित समाचार
लोकप्रिय