अनि मलाई रिस उठ्छ

ehulaki
नरेन्द्रजंग पिटर | भदौ २३, २०७६ सोमबार | 0

मलाई रिस उठ्नाका धेरै कारण छन् । आज पनि तिमीले शहीदको फुटो टाँस्दै अर्थहीन, सम्वेदनाहीन शब्द ओकल्यौ । आप्mनै इतिहासको भारी तिमीलाई गह्रौँ भइरहेको बेला, शहादतको गरिमा र आदर्श पछ्याउनै नसकेको र क्रान्तिपथ दुत्कारेको अवस्थामा यो नक्कली चालामाला किन ? तिमी धोकेवाज हौ । तिम्रा भूमिका र जीवनले नाङ्गो यथार्थता कहिरहेको छ । उनीले केका लागि ज्यान गुमाएका थिए ? उनको विश्वास, आदर्श, सक्रियता, आवद्धता र भूमिका के थियो ? र अहिले तिमी आफै कुन अवस्थामा छौ ? कसैलाई सम्मान गर्ने नैतिक हैसयित हुनुपर्छ । के तिमीले अझै त्यो राख्या छौ ? किन हँ... आदर्शको बलिवेदीमा चढेका व्यक्तित्वलाई अझै रङ्गमञ्चमा दोहोलो काढ्र्छौ ? जब तिमी नाटकीय जीवनमा लतारिन्छौ, पाल्सी कुरा गर्र्छौ, अरुलाई आगाका लप्कासँग लाप्पा खेल्न भन्दै आपूm र सन्तान भने शितल छहारी खोज्छौ... तब मलाई तिमीसँग औधी रिस उठ्छ र मुखैमा पिच्च  थुकिदिउँ जस्तो लाग्छ ।
 
हिजो पनि तिमीले सिद्धान्तका कुरा ग¥यौ ।  सपनाका कुरा ग¥यौ । इतिहासका कुरा ग¥यौ । समग्र क्रान्ति र विश्व अभ्यासका कुरा ग¥यौ । जब म तिमीमा परिवारका मोह हेर्छु । आउरेबाउरेको घेरा र उनको ताउरमाउर देख्छु, तब सोच्न विवश हुन्छु । मानिसका सोच र सपना त ब्यबहारमा नै देखिने विषय हुन् नि ।  अझ तिमी शहीदको लाशलाई भ¥याङ बनाउँदै सत्ताका सिँढी चढ्छौ । शहीदका नाममा ब्यपार गर्र्छौ । उनका इतिहास बेच्छौ । सामान्यजनको भावनाको दोहन गर्र्छौ । उनको आर्दशका गीत फेरि गाउँदै आप्mनो औचित्यको ब्यवसाय गर्दै, ढाँट्दै शहीदलाई श्रद्धान्जली पनि दिन्छौ । आप्mनै लागि मात्रै हैन सन्तानका लागि पनि सत्ता सुरक्षित गर्छौ । तिम्रा नानाथरी तर्कले मलाई वाकवाकी लाग्छ । सत्ताका अंशियार पनि, क्रान्तिकारी प्रमाणपत्र पनि....  एकैपटक छली, दोहोरो भूमिका ! तब प्वाक्क तिम्रो नाक कुच्याई दिउँ जस्तो लाग्छ । 

अझ तिम्रा उर्दी र घुर्की हुन्छन्– म भैन भने पृथ्वी घुम्दै घुम्दैन । घुमिहाल्यो भने पनि ज्यादै मुश्किलले घुम्ने छ । तिमीले हाम्रो अंश र वंशको नुन खाएका छौ । मेरो कुरा पत्याउनै पर्छ ।  मेरो जीवन र सोचको रक्षा गर्नु नै क्रान्ति, युग र देशको कल्याण गर्नु हो ।’ उफ्...हामीले नाङ्गोलाई निर्वस्त्र न भनिदिनुपर्ने, अझै न्याय, समानता र स्वतन्त्रताको मशाल तिमीले नै उठाएका छौ भनि दिनु पर्ने । लच्छेदार तरिकाले तिमीले बोलेको सुन्दर कुरा पत्याउन जनमतलाई हामीले नै सौन्दर्यता भरिदिनु पर्ने । सोच्ने गिदी र बुद्धी तिम्रो मात्रै छ । अन्य सबै पछुवा हुन् भनेर प्रचार गरिदिनुपर्ने । सन्तान र आसेपासे, धुपौरे हुक्के, छातेलाई स्वस्तीश्री सम्मान गर्दा हामीले वाहा.. भनेर ताली ठोकिदिनु पर्ने । तिम्रा सोचलाई निर्णय भनेर साक्षी किनारामा बस्दै ल्याप्चे ठोकिदिनु पर्ने । नो, नो, बा बा.. नो नो । .अब नो । म पनि दिमाग बन्धकी राखेको एक तर्कहीन मनुवा हुँ । जब मैले आप्mनो हैसियत थाहा पाई र भीडमा हाँकिने पशु रहेछु भन्ने बुझेँ, तब मलाई तिमीसँग मात्रै हैन आफैँसँग पनि औधि रिस उठ्न थालेको छ, क्या । आर्थिक शोषणभन्दा मानसिक शोषण औधि खतरा हुन्छ ।  उसले तर्क र तथ्यको मिलान हुन दिँदैन । मात्रै विश्वासी भीड बनाएर लम्पटमा फेरिदिन्छ । विवेक, सोच र तर्कशक्ति प्रयोग गर्र्दै मन्त्रमुग्ध पारेर लम्पट बनाएको पत्तै पाउँदैन । आपूm पनि  ज्ञानी, विवेकी भन्दै मख्ख पर्छ, जब चेत खुल्छन्– तर्क र तथ्यको नाङ्गो मिलान गरिन्छ । भनाई र गराईको तादत्म्य खोजिन्छ...  हो तब आफै र तिमीलाई यथाशक्य घृणा गर्न पुग्छु  । उठाउ ढुङ्गो, फोरिदिँउ पुर्पुरोझैं लाग्छ ।

सोच्दछु–  नायकको अल्पायुमै मृत्यु किन हुन्छ ? किन केही मान्छेलाई ध्याकरध्याकरमा पनि सत्तामा चिप्कनु नै पर्छ ? अपराध छिपाउन कि मृत्युको डरले !  किन केही मान्छेलाई सत्ता अक्सिजन जस्तै हुन्छ ? किन मान्छे आप्mनै गौरवता र खुशी बेच्दै सुख किन्न भौतारिन्छन् ? मान्छेलाई आफनो मूल्य बचाउने थेग्न औधि गाह्रो पो हुँदो रैछ हौ । आप्mनै गौरवता बचाउन त्याग गर्नुको साटो अर्कालाई मूल्यहीन पार्ने कोशिस किन गर्छन् ? अगुवाहरु भनेका त पद, प्रतिष्ठा र पैसाले कुनै असर नपार्नु पर्ने । सम्मान, सुरक्षा र सुविधाले नगाल्नु पर्ने । आखिर यही समाजका उब्जनी त हुन् उनीहरु पनि, छया्... । तर उनीहरुले भन्नुपथ्र्यो– मेरो बुद्धि र बर्कतले भ्याए जति गरें, अब पाएको ज्ञान र विवेकले सल्लाह दिँदै म विश्राम लिन्छु तर त्यो भन्ने आँट गर्दैनन्  । तब मलाई उनीप्रतिको सम्मानको धराधरा ड्याम्मै ढल्न पुग्छ र तिम्रो महानता इस् भन्दै जान्या जति गाली ओकल्छु ।  

जिँउदा मान्छेको रिस उठनु पर्छ ।  आक्रोशित हुनुपर्छ । दृष्टिसँग दृष्टिकोण, दिमागसँग आवेग र विवेक,  हृदयसँग दया र प्रेम भएन भने के को मानव ! मानवलाई केन्द्रभागमा राखेर उसले कहिल्यै सोच्न सक्दैन । तब त खाना र मैथुन नै त जीवनका परिभाषा हुन पुग्छन् । म सवाल्ट्रन हुँ । नजिस्क्याउ । मैले पनि अरुजस्तै सपना देखेको थिएँ । तर, सपनाको हत्या हुँदा म पनि चुप लागेर बस्ने एउटा युगको अपराधी भने हुँँ । त्यो नै मेरो चित्कार र घोषणापत्र हो । त्यसै छटपटीमा मौन बस्ने मलाई, आफैदेखि पनि रिस उठ्छ । आफैलाई मूर्दावाद भनौँ भन्ने लाग्छ । लाठी ठोक्दै खेद्न मन लाग्छ ।
  
अन्तमाः युगले मलाई सोध्यो– जब सपनाको हत्या भइरहेको थियो, आदर्श छियाछिया भइरहेका थिए, मान्छेहरु खुशी बेच्दै सुख खोज्न भौतारिँदै थिए, मानव मानवता बिर्सेर रोबोट बन्दै थियो । सरेआम सम्वेदना बजारमा लिलाम भइरहेका थिए, लाल कभरमा अन्याय अत्याचार मौलाउँदै थियो, जिउँदा मान्छे या त शहीद भएका थिए या भूतपूर्व आदर्शवादी बन्दै नदी किनारमा बसेर रमिता र तमासा हेर्दै थिए, इतिहासका पुस्तकहरु पोल्दै आगो तापिरहेका थिए... त्यसबेला तँ कहाँ र के गरिरहेको थिइस् ? भनेर । म मौन भई, लाचार भई, ङिच्च हाँस्न पनि सकिन । जवाफ मसँग केही थिएन । यदि आफैलाई जिउँदो सावित गर्नुछ भने त भनिन्छ– भीडको विरोध गर्न सिक, छालसँगै त मरेका माछा बग्छन्, जिउदा त एण्टी करेन्ट पो हुन्छन् ।
 

नरेन्द्रजंग पिटर

लेखक राजनीतिक विश्लेषक हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय