ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य  घटेको छ। 

आज छापावाल सुन ७ सयले घटेर प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ८७० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय