३८ वर्षको उमेरमा २० औँ पटक गर्भवती भइन यी महिला, चिकित्सक समेत हैरान

ehulaki
ई-हुलाकी | भदौ २४, २०७६ मंगलबार | 0

महाराष्ट्र । भारतस्थित महाराष्ट्रकी एक महिलालाई देखेर चिकित्सकदेखि स्वास्थ्य अधिकारीसम्म सबै अचम्मित बनेका छन्। उनले अब २० औँ पटक बच्चालाई जन्म दिदै छिन्। 

२० औँ पटक गर्भवती भएको कुरा सुन्दा धेरैले पत्यार नलाग्ला । तर यो घटना वास्तविक हो। चिकित्सका अनुसार भारतको महाराष्ट्रस्थित बीड जिल्लाकी ती महिला ३८ वर्षकी भइन्। उनी गोपाल समुदायकी महिला हुन्। 

उनी गर्भवती भएको थाहा पाएपछि बीड जिल्लाको सरकारी अस्पतालमा भर्ना भएकी छिन्। जब उनको गर्भका बारेमा सोधपुछ गरियो। तब उनले २० औँ पटक आफू आमा बन्न लागेको बताइन्। यो सुनेर चिकित्सक समेत सकित बने। 

यस बारेमा बीड जिल्लाकी सिविल सर्जन डा अशोक थोराटले महिलाका ११ बच्चा भएको र उनी ३८ वर्ष पुगेको जानकारी दिए। उनका अनुसार उनी अब २० औँ पटक आमा बन्दै छिन्। यसअघि उनी १९ औँ पटक गर्भवती भइसकेकी छिन्। उनी अहिले ७ महिनाकी गर्भवती छिन्। अहिले उनी र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय