कुकुर खाने डरलाग्दो पुलः जहाँ पुगेका छ सय कुकुर फर्केर आएनन् (भिडियो)

ehulaki
एजेन्सी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडाैं । संसारमा यस्तो एउटा पुल छ त्यहाँबाट कुकुरले आत्महत्या गर्ने गरेका छन । पुलमा पुगेको कुकुर फर्किएको छैन । त्यहाँ कुकुर आत्महत्याका लागि उत्प्रेरित हुन्छ । स्कटल्यान्डको डन्बार्टन नजिकैको मिल्टन गाउँमार रहेको ओबरटन पुलमा एउटा यस्तो स्थान छ त्यहाँबाट बढी आत्महत्याको घटना भएको तथ्यांक छ ।

५० फिट उचाईको पुलको भागबाट फाल हाल्ने गरेको कुकुरमध्ये सायदै बाँचेका छन् । सन् १९६० यता पुलबाट छ सय कुकुरले आत्महत्या गरिसके । अन्य स्थानमा कुकुर देखि सावधान लेखिन्छ तर त्यहाँ कुकुरले आत्महत्या गर्ने गरेबाट कुकुरलाई राम्ररी लान भनिएको छ । कुकुरका लागि सावधान अपनाउन लेखिएको छ ।

त्यहाँ भूतप्रेत रहेको विश्वास गर्नेहरु पनि छन् । त्यहाँ एउटा घटनको चर्चा हुन्छ । जसमा सन् १९९४ मा एक व्यक्तिले आफ्नो बच्चालाई यसै पुलबाट तल फालिदिएको थियो । उक्त बच्चा एन्टी क्राइस्ट थियो र केहि महिना पछी बच्चा फाल्ने व्यक्तिले समेत त्यहि पुलबाट हामफालेर आत्महत्या गरेको थियो ।

 

भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय