इराककी एक सुन्दर युवतीः यति धेरै राम्री

ehulaki
एजेन्सी | भदौ २४, २०७६ मंगलबार | 0

काठमाडाैं । इराकले विश्वभर एकखाले नकरात्मक पहिचान बनाएको छ । इराकमा रहेका सौन्दर्यताबारे कमैलाई थाहा छ । इराक भन्ने बितिक्कै हाम्रो मानस्पटलमा बमबारी, आत्माघाती हमला, कयौँको मृत्यु र घाइतेहरुका कुरा मात्रै सम्झनामा आउँछ । विश्वका धेरै जसो समाचार एजेन्सीहरुले मध्यपूर्वको यो मुस्लीम बाहुल्य देशबारे नकारात्मक समाचार मात्रै प्रकाशन प्रशारण गर्ने गर्दछन । भलै इराकका अरु पाटाहरु सधै ओझेलमा पर्दछन ।

सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । हो इराकको अर्को परिचय भनेको त्यहाँका सुन्दर मानिसहरु पनि हुन् । त्यहाँ फेशन शोका कार्यक्रमहरु हुन्छन्। उसो त मानव सभ्यताको सुरुवात पनि इराकबाटै सुरु भएको इतिहास साक्षी नै छ ।

सारा इडेन, पाँच फिट सात इन्च अग्ली २७ वर्षीय इराकी सुन्दरी हुन् । इडेन मिस युनिभर्स २०१७ मा इराकको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् । इडेनले प्रतियोगितामा सहभागी जनाए पछि विश्वमा इराकको सुन्दरी प्रतियोगिताबारे चर्चा चुलिएको थियो ।

अंग्रेजी र अरेबीक भाषाको ज्ञान भएकी इडेन अमेरिकाबाट संगीतमा डिग्री हाँसील गरेकी सुन्दरी हुन् । मध्यपूर्वका द्धन्द्धग्रस्त मुलुकका शरणर्थीहरुका लागि मानवीय सेवाका कार्यमा इडेन सक्रिय छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय