एलपी ग्याँस सहुलियत दरमा उपलब्ध गराउने सरकारको तयारी

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । सरकारले एलपी ग्याँस पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा पनि उपलब्ध गराउने तयारी भईरहेको जानकारी गराउनु भएको हो ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएर भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री यादवले जनताको पक्षमा काम गर्दा कानुनी जटिलता हुने थपिने गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर जान पनि सरकार तयार रहेको बताउनु भयो ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गर्नु भयो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय