सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी इञ्जिनियरबाट बलात्कृत

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । बलात्कारको आरोपमा मंगलबार साँझ प्रहरीले इञ्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनियर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगेर जबर्जस्तीकरणी गरेको आरोप लागेको छ’, उनले भने, ‘अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।’

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएकी छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय