लक्ष्मण थारू ओली सरकारसँग भिड्ने, दिए यस्तो धम्की

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौँ । थरुहट थारूवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारूले ओली सरकारले देशलाई तहसनहस गराउने नियतका साथ अगाडि बढेको भन्दै कडा चेतावनी दिएका छन । उनले असोज ३ गते संविधानको दीपावलीमा आफूहरू साथ नदिने साथै खुशियाली मनाउन समेत नदिने चेतावनी दिएका छन । 

सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई तहसनहस पार्ने धम्की समेत दिएका छन ।  रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक थारूले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुश बन्दै गएको बताएका छन ।

उनले दमनकारी नितीले सरकार कमजोर भएको समेत बताए ।  यसैबीच, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न राजनीतिक दलहरू, पहिचानवादी मोर्चा/समितिहरू र उनीहरूसम्बद्ध जातीय, क्षेत्रीय मोर्चा र घटकहरूले पनि संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय