गोगंबुको गेष्ट हाउसमा पुरुष र नारायणी नदीमा महिलाको शव भेटियो

ehulaki
ई-हुलाकी | भदौ २५, २०७६ बुधबार | 0

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित न्यू रात्री अम्बरीकेसरी गेष्ट हाउसमा एक पुरुषको शव फेला परेको छ । रुकुम खाँडा घर भएका २५ वर्षीय बसन्त खड्का मंगलबार गेष्ट हाउसमा मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख इन्सपेक्टर सन्दीप दाहालले जानकारी दिए ।

खड्का मृत अवस्थामा भेटिएपछि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यस्तै सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–११ एक्लेफाँटस्थित बीच बाटोमा एक पुरुषको शव फेला परेको छ । हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै नबलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–५ रामनगरस्थित नारायणी नदीको किनारमा एक महिलाको शव फेला परेको छ । हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीय महिला मंगलबर बिहान मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटना सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय