युवा संगठन नेपालको केन्द्रीय समिति ३३५ सदस्यीय, शुक्रबार संयुक्त बैठक

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौं । सत्तारुढ दल नेकपाको युवा संगठन नेपालको संयुक्त बैठक शुक्रबार बस्ने भएको छ । 

बिहिबार एक विज्ञप्ति जारी गर्दै संगठनका संयोजक दीपशिखा र रमेश पौडेलले भदौ २७ गते संयुक्त बैठक आयोजना गरिएको जनाएका छन् । 

युवा संगठन नेपालले तत्कालीन युवा संघ र वाईसीएलका निर्वाचित सदस्यहरुलाई समेट्न यसअघि पार्टीले दिएको २५१ को सिलिङले नपुगेकाले ३३५ सदस्यीय बनाउने निर्णय समेत गरेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय