प्रचण्डले इण्डो प्यासेफिक एलाइन्सको विरोध गरेपछि अमेरिकाले स्पष्टिकरण माग्दै

ehulaki
ई-हुलाकी | भदौ २६, २०७६ बिहिबार | 0

काठमाडौँ । नेकपा सांसद पम्फा भुसालले अमेरिकाले बनाएको इन्डो प्यासिफिक एलाइन्समा नेपाल संलग्न भए/नभएको बारे सरकारले प्रष्ट पार्नु पर्ने बताएकी छन् ।

चीन घेर्ने रणनीति अनुरूप अमेरिकाले बनाएको विवादास्पद उक्त एलायन्समा नेपाल औपचारिक रुपमा संलग्न नभएपनि अनौपचारिक रुपमा संलग्न भएको चर्चा चल्दै आएको छ । 

दुई दिन अघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा पुष्पकमल दाहाल प्रचण्डले भेट गरि विदेशमन्त्री वाङ यी लाई नेपाल एक चीन नीतिको पक्षमा रहेको बताएका थिए ।

बिहिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भुसालले भनिन्, 'प्रचण्डले चीनका विदेशमन्त्रीलाई नेपाल विवादास्पद इन्डो प्यासिफिक एलाइन्समा नभएको बताएपछि अमेरिकी राजदुतावासले नेपाल सरकारसँग स्षष्टिकरण सोध्न लागेको छ ।'

चीन र अमेरिकाबीच व्यापारिक युद्ध चर्किरहेका बेला नेपालले असंलग्न पर राष्ट्रनीतिलाई अवलम्बन गर्नुपर्ने उनले बताइन् । अमेरिकाले इन्डोप्यासिफिक एलायन्स अन्र्तगत प्रस्ताव गरेका संयुक्त सैन्य प्रशिक्षणमा समेत नेपाल संलग्न नहुनुपर्ने उनको सुझाव ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय