आइतबार २९ मंसिर, २०७६ (Sunday, 15 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

यौन सुखमा असमानता

  • असार १४, २०७६, शनिबार
img

काठमाडौं । गत हप्ता ट्वीटरमा ट्रेन्ड गरिरहेको # अर्गेजमइन इक्वालिटी ह्यासट्यागले ध्यान खिच्यो ।

कण्डम बनाउने एक कम्पनीले शुरु गरेको ‘अर्गेजम इनइक्वालिटी’ (चरम सुखमा असमानता) अभियानमा आफ्नो हालैको बयानका कारण भारतीय अभिनेत्री स्वरा भास्कर विवादमा आइन् । तर, यो मामलाले भारतमा महिलाको यौन स्वास्थ्य र लैङ्गिक समानतासँग सम्बन्धित विभिन्न प्रश्न तेर्सिए । वास्तवमा ‘अर्गेजम इनइक्वालिटी’ माथि कुरा गर्दै स्वराले एक प्रायोजित सर्वेक्षणको हवाला दिँदै भारतमा करिब ७० प्रतिशत महिला यौनसम्बन्धका बेला चरमोत्कर्षसम्म पुग्दैनन् भन्ने जानकारी दिइन् ।

स्वराको यो बयानलगत्तै दुई वटा कुरा भए । पहिलो, ट्वीटर–फेसबुक समेत सबै सोसल मिडियामा उनले घटिया टिप्पणीसहित ‘सेक्सिस्ट ट्रोलिङ’ को सामना गर्नुपर्यो भने दोस्रो, यसै सोसल मिडियामार्फत् पहिलो पटक भारतमा ‘अर्गेजम इनइक्वालिटी’ जस्तो गम्भीर र महत्वपूर्ण मुद्दामाथि कुराकानी शुरु भयो । एकातर्फ महिलाले यो मुद्दालाई सोसल मिडियामा उठाउनुलाई साहस र हिम्मतदेखि डर, दुःख र उदासीसम्म जोडे । यस्तै, दोस्रोतर्फ उनीहरुले यो मसलामा गरिमामय ढङ्गले कुरा गर्नका लागि उपयुक्त शब्दावली नभएको पनि बताए । पछिल्लो एक हप्तादेखि लगातार सोसल मिडियामा तैरिरहेको यो प्रकरणले कम्तीमा एउटा सटिक प्रश्न त उब्जिएको छ ।

के भारत अर्गेजम इनइक्वालिटीमाथि कुरा गर्नका लागि तयार छ ? यो जटिल प्रश्नको जवाफको खोजीका लागि मैले लण्डनदेखि लखनऊ र लखिसरायसम्मका आफ्ना महिला मित्रसँग कुराकानी गरे । मलाई याद छ, सन् २०१६ मा अक्टोबरको त्यो अल्छी लाग्दो अपरान्हमा मेरी एक साथी अफिसको मुनी बनेको रेष्टुरेन्टमा खाजा खाइरहेका बेला पत्रिका पल्टाउँछिन् र अचानक अचम्मित हुन्छिन् । त्यसपछि उनले एउटा समाचार देखाउँदै मलाई भनिन्, ‘सर्वोच्च अदालतले आफ्नो एक निर्णयमा श्रीमानलाई लामो समयसम्म सेक्सका लागि अस्विकार गर्नु ‘क्रुरता’ भएको र यसलाई सम्बन्धविच्छेद माग्ने आधार समेत मानेछ ।’ ‘महिलाले पुरुष पार्टनरलाई अस्विकार गर्नु क्रुरता हो र पुरुष पार्टनरले जुन वर्षौंदेखि आफ्नो महिला साथीको चरमोत्कर्षको ख्याल गर्दैनन्, त्यसलाई के भन्ने ? के त्यो क्रुरता होइन ?’ उनले व्यंग्यात्मक लवजमा हाँस्दै मलाई सोधिन् ।

१९ औं शताब्दिका बेला सबैभन्दा पहिले महिलाको यौनिकतालाई ‘निस्क्रियता’ सँग जोड्ने डाक्टर सिग्मन्ड फ्रायडले सायद कहिले पनि सोचेका थिएनन् कि अर्को पूरा शताब्दिसम्म महिलाको यौनिकतालाई बच्चा जन्माउने प्रक्रियासँग मात्र जोडिनेछ । तर, सन् २०१९ का भारतमा मसँगै जन्मिएका, हुर्किएका, जागिरे र बेरोजगार सबै महिलाले ‘महिला निष्क्रियता’ सँग जोडिएका सबै विचारलाई एक सामान्तवादी पुरुषको कल्पना बताउँदै थुप्रै मामलामा उनीहरुका पुरुष साथी उनीहरुको ऊर्जासँग मेल हुन नसक्ने बताउँछन् ।

एक विवाहित र निकै पुरानो महिला मित्रले यसलाई पितृसत्तात्मक सोचसँग जोड्दै भन्छिन्, ‘मैले यो महसुस गरेको छु कि यदि महिलाले सेक्समा अलिकति पनि रुची देखाए उनलाई जन्म–जन्मान्तरसम्म प्रेम गरिरहने दाबी गर्ने उनको आफ्नो पुरुष साथी नै सबैभन्दा पहिले उनलाई शंकाको दृष्टिले हेर्छ । एकातर्फ जहाँ पुरुष प्रेमका २६ कला बताउँदै बेडमा ‘माचो’ बन्ने गर्छ भने उता महिलाले एक पटक मात्र चरमोत्कर्षको माग गरिन् भने उनलाई तुरुन्त ‘स्लट’ (एक भन्दा बढी यौन पार्टनर भएकी महिला) घोषित गरिन्छ । ’ उनले भनिन्, ‘भारतीय समाजको हामीबाट यो अपेक्षा छ कि हामी चुपचाप आफ्नो शरीरलाई सेक्सका लागि पुरुषलाई अर्पित गरिरहौं र परिवारले चाहेको जति बच्चा जन्माइरहौं ।

यदि हामीले आफूलाई बच्चा जन्माउने मेशिन इतर एक मानिस ठानेर थोरै सुखको माग गर्यौं भने सबै पहाड एकैसाथ हामीमाथि बज्रन्छ ।’ लामो समयसम्म एक असन्तुष्ट विवाहमा बसेर निकै मुश्किल सम्बन्धविच्छेदबाट गु्ज्रिएकी मेरी एक परिचित साथीका अनुसार महिलाले पनि लामो समयसम्म आफ्नो यौनिक उपेक्षालाई कानूनी सम्बन्धविच्छेदको आधार मान्न पाउनुपर्छ । महिला पुरुषबीचको सम्बन्धलाई कालो र सेताको बाइनरीमा हेर्न सकिँदैन । यो एउटा निकै संवेदनशील, जटिल र ग्रे स्पेस हो ।

भारतमा महिलाको मानसिक बनावटलाई पारम्परिक रुपमा यसरी ‘प्रोग्राम’ गरिएको हुन्छ कि उनीहरु वर्षौंसम्म शारीरिक रुपमा असन्तुष्ट हुँदा पनि एक दुःखी विवाहमा बाँचिरहन, बच्चा जन्माइरहन विवश हुन्छन् तर सुखका लागि कहिले पनि मुख खोल्न दिँदैन । एकातर्फ जहाँ पुरुषले सेक्सलाई अधिकार बताउँदै अस्विकार गर्दा सम्बन्धविच्छेदसम्म माग्न सक्छ भने हाम्रा वरिपरिका धेरैजसो महिलालाई यो पनि थाहा छैन कि चरामोत्कर्ष के हो । र यो यति संवेदनशील मुद्दा हो कि तपाईं समाजमा कसैसँग पनि भन्न सक्नुहुन्नँ कि तपाईं शारीरिक असन्तुष्टिका कारण अलग्गिन चाहनु हुन्छ । वास्तवमा यसलाई कारण नै मानिँदैन ।

यो दुःखको कुरा हो कि हामीले आँखाले देख्ने हिंसालाई मात्र हिंसा मान्छौं । जबकी विवाहमा लामो समयसम्म कुनै पनि पार्टनरलाई चरमोत्कर्षबाट वञ्चित गर्नु पनि एक प्रकारको हिंसा नै हो । अब प्रश्न यो उठ्छ कि एकातर्फ महिलाविरुद्ध वर्षैपिच्छे बढिरहेको यौन–घरेलु हिंसाको आँकडा र अर्गेजम इनइक्वालिटीमाथि आवाज उठ्ने बित्तिकै महिलाको तर्कमाथि चारित्रिक सर्टि्फिकेट चिप्काएर सुन्नै नसिकने शब्दले गाली गरेर यसलाई खारेज गर्ने भारतीय समाजको यो पाखण्डपूर्ण विरोधाभासको मुख्य जड के हो ? उत्तर हो – पितृसत्तात्मक र सामन्तवादी सोच । पुरुष महिलाका साथै उनीहरुको यौनिकतालाई पनि नियन्त्रित गर्न चाहन्छ ।

प्रियंका दुबे (बीबीसी)

  • Previous
  • Next

यो पनि पढौँ

img

प्रेमीले नै गरे प्रेमिकाकाे बलात्कार त्यसपछि...

  • मंसिर २९, २०७६, आइतबार
img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

  • मंसिर २८, २०७६, शनिबार
img

भारतीय आन्दोलन: प्रदर्शनकारीमाथि फायरिङ(भिडियो),उत्तरपूर्वी क्षेत्रमा नजान नेपालीलाई आग्रह

  • मंसिर २८, २०७६, शनिबार
img

जब अस्पतालले नै बेच्याे १० हजारमा नवजात शिशुलाई...

  • मंसिर २८, २०७६, शनिबार
img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

  • मंसिर २८, २०७६, शनिबार
img

अल्बेनिया भूकम्पमा मानवीय क्षति हुनेगरी भवन भत्किएपछि कैयौँ पक्राउ

  • मंसिर २९, २०७६, आइतबार
  • भर्खरै
  • लोकप्रिय
img

१३०० कराेड लागूऔषध अवैध धन्दाका मुख्य व्यक्ति फरार

img

धनुषा बम विस्फोट : अनुसन्धान जारी, 'दुस्मनी पनि कारण हुन सक्ने'

img

हलिउड फिल्म जेन्डर केज ४ मा विन डिजल सँग फेरी देखिएलिन् दीपिका ?

img

फ्रान्समा आँधी आउँदा दुईको मृत्यु, हजारौँ घर विद्युत्विहीन

img

दक्षिण फिलिपिन्समा शक्तिशाली भूकम्प

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: