भक्तपुर केन्द्रबिन्दु भएर गएको भुकम्प ‘गोरखा भूकम्प’कै परकम्प

ehulaki
----------------- | असार २१, २०७६ शनिबार | 0

काठमाडौं । २०७२ साल बैशाख १२ गते गोरखा क्रेन्द्र बिन्दु बनाएर गएको भुकम्पको परकम्प जाने क्रम अझै जारी छ । 

आज गएको परकम्पले काठमाडौ‌ उपत्यका हल्लाएको छ । 

अपराह्न ४ बजेर १५ मिनेटमा भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलब ६ म्याग्नेच्युटको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले आज गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए । 

केन्द्रबिन्दु नजिकै भएकोले काठमाडौं उपत्यकामा ठूलो झड्का महशुस भएको उनको भनाई छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय