सिरिन्ज आक्रमणको त्रास : युवती बस भित्रै चिच्याएकी थिइन्, शिक्षकले आँखिर किन घोचे ?

ehulaki
----------------- | असार २३, २०७६ सोमबार | 0

काठमाडौं । काभ्रेमा युवतीमाथि सिरिन्ज आक्रमण गरेको आशंकामा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका शिक्षक खगेन्द्र प्रसाद पाठक रहेका छन् । 

बनेपास्थित चार दोबाटोमा बसभित्र सिरिन्ज जस्तै तिखो वस्तुले घोचेको भन्दै एक युवती चिच्याएपछि तनाव भएको थियो ।

बनेपाबाट काठमाडौं आउँन लागेकि युवती बस चढेलगत्तै केही तिखो वस्तुले घोचेको महसुस गरिन् । र चिच्चाएकि थिइन् । उनले नजिके रहेका पाठकलाई आरोप लगाइन् र बसमा सवार अन्य मानिसहरुले पाठकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरे । 

युवतीलाई तिखो वस्तुले घोचेको भन्दै पाठकमाथि कुटपिट गरेको खबर पाएलगत्तै घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरीले स्थानीयबाट उद्धारगरी उनलाई चौकीमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ । आक्रोसित भिडले उनीमाथि आक्रमणको प्रयास गर्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

अहिले सिरिञ्ज आक्रमणको त्रास बढिरँहदा बनेपाबाट यस्तो खबर बाहिर आएको हो ।  युवतीमाथि पाठकले घोचेकै थिए ? स्याङजाकै एक जना पत्रकारले भने पक्राउ परेका पाठक निर्दोष हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय