काठमाडाैं । गएराति महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट तीन जना थुनुवा हिरासतबाट भागेका छन् । हिरासतलाई पहरा दिइरहेका प्रहरीलाई छलेर थुनुवा फरार भएका हुन् ।
फरार भएकामध्ये एक जना लागुऔषध र बाँकी दुई जना डाँका मुद्दाका थुनुवा रहेको प्रहरीले जानकारी दिएको छ । हिरासतबाटै थुनुवा भाग्दा प्रहरीले दिने सुरक्षामा गम्भिर प्रश्न उब्जिएको छ ।
घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिए । उनका अनुसार फरार भएकाहरुको खोजी कार्यलाई तिब्र पारिएको छ ।
यसका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा बाक्लो मात्रामा प्रहरी परिचालन गरी छ ।