शनिबार २८ मंसिर, २०७६ (Saturday, 14 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अन्तराष्ट्रिय

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरु

  • रासस
  • असार २५, २०७६, बुधबार
img

वासिङ्टन । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ ।

दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरु भएको हो ।

अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुबै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध स्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अबरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो । विश्वका २० औद्योगिक राष्ट्रहरुको शिखर सम्मेलन (जी२०) बैठकमा सहभागी हुन जापानको ओशाकामा रहँदा दुबै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मङ्गलबार टेलिफोनबाट कुराकानी गरेका थिए । ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरुसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिए ।

अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुबै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुबै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुनेछ भने । उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवत वार्ता पनि सुचारु हुने बताए ।

चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओशाकामा दुबै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ ।

अमेरिका र चीनले एक अर्का मुलुकका करिब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् ।     
  
 

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

  • मंसिर २८, २०७६, शनिबार
img

भारतीय आन्दोलन: प्रदर्शनकारीमाथि फायरिङ(भिडियो),उत्तरपूर्वी क्षेत्रमा नजान नेपालीलाई आग्रह

  • मंसिर २८, २०७६, शनिबार
img

जब अस्पतालले नै बेच्याे १० हजारमा नवजात शिशुलाई...

  • मंसिर २८, २०७६, शनिबार
img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

  • मंसिर २८, २०७६, शनिबार
  • भर्खरै
  • लोकप्रिय
img

बच्चा नजन्मिए पछि राेकायलाई क्षेत्रीय अस्पताल सुर्खेत लगिँदै

img

यस दिन आउँदैछ केजीएफ २ काे फस्ट लुकस,फ्यानहरू धेरै उत्साहित

img

श्रीमानले गरे श्रीमतीको हत्या, बच्चालाई पनि...

img

सम्बन्धहरु रोमाञ्चक राख्न एक अर्काबाट टाढा रहनुहोस्,तर कति दिन ?

img

काठमाडौंबाट नोएडा बसाई सरेका परिवार सबैको मृत्यु

img

प्रेमिका भेट्न पुगेका प्रेमीलाई रूखमा बाँधेर कुटपीट त्यसपछि केटीलाई पनि.....

img

दूध भन्दा बियर पिउनु बढी फाइदाजनक,मानिसहरू चकित

img

भोलिबाट मौसममा बदली

img

यी मान्छे यति विषालु पादछन् कि लामखुट्टे मर्छन् ! आखिर खान्छन् के ?

img

कारमा यौन सम्बन्ध राखिरहेका जाेडिलाई गाेली हानियाे त्यसपछि जिउँदै........

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: