काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले वार्तामार्फत समस्याको समाधान खोज्न विद्रोही र सरकारी पक्षलाई आग्रह गरेका छन् ।
समस्या समाधानको साटो देशलाई द्धन्द्धमा धेकेल्न खोजेको भन्दै उनले आक्रोश समेत जनाएका छन् । बुधबार बिहान प्रहरी जवान र विप्लव नेकपाका संखुवसभा इन्चार्जको मृत्यु भएको छ ।
सो घटनापछि सामाजिक सञ्जाल ट्विटर मार्फत शर्माले यस्तो आग्रह गरेका हुन् ।
हामी जिवनको खबर खोज्दैछौं…@pm_nepal तपाईं र विप्लव मृत्युको समाचार बांडिरहनु भएको छ !
सन्जिव र निरकुमार दुवै राई´भाई करोडपती आमाबाबुका छोरा थिएनन् l एक प्रहरी,अर्का विद्रोही युवा,आज यि´संगै यिनको परिवारको सपना मारिएको छ !
कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँ दुइसंग ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 10, 2019