मोरङमा भ्यागुत्ताकाे विहे

ehulaki
ई-हुलाकी | असार २५, २०७६ बुधबार | 0

काठमाडौँ । सुन्दा र पढ्दा अचम्म लाग्न सक्छ । यो घटना मोरङ जिल्ला रङ्गेली नगरपालिकाको हो ।

किसानहरुले चिसाङ खोलाको किनारमा रहेको संसारे माइको मन्दिरमा विधिवतरुपमा भाले भ्यागुत्ता र पोथी भ्यागुत्ताको विहे सम्पन्न गरेका छन् ।

असार महिना बित्नलागि सक्दापनि वर्षा नभयपछि भ्यागुत्ताको विहे गरीदिएकाे किसानहरुको भनाइ छ । उक्त विहे दुलाहा र दुलही पक्षसहित वैबाहिक कार्य अनुसार मन्दिरका पुजरीले वैद्धिकमन्त्र पढीसकेपछि भाले भ्यागुताको तर्फबाट पोथी भ्यागुत्तालाई चुरापोते र श्रृङ्गार लगाएर विहे सम्पन्न गरीएको थियो । भ्यागुत्ताको विहेगर्दा वर्षाहुने जनविश्वासरही आएकाले किसानहरुले यो विहे गरेका हुन् ।

रङ्गेली नगरपालिका-७ का रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापनका अध्यक्ष सञ्जिब श्रेष्ठले दुलाहा र दुलही पक्षको भुमिका निर्बाहा गरेका थिए । मण्डलले भने,"कृषि प्रदान मुलुकमा यसरी पानी नपरेका कारण किसान निरास भएकाले, केही उपाया नलागेपछि वर्षा गराउन सकिन्छकि भनेर भ्यागुत्ताको विहे गरेको बताए ।"

त्यस्तै मन्दिर व्यबस्थापन समिति अध्यक्ष श्रेष्ठले भने,"वर्षा गराउन विगतमापनि इनारको विवाहा भ्यागुत्ताको विवाह गर्ने चलन रहेकोले पनि आफुहरुले यस्तो वैवाहिक कार्य गरेको बताए ।"

यो विहेमा रङ्गेली,सुनबर्सी नगरपालिका र धननाथ गाँउपालिकाका किसानहरुको सहभागिता थियो ।
 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय