धोनीविरुद्ध खनिए युवराज सिंहका पिता, भने – ‘क्रिकेटमा धोनीजस्तो फोहर सधैं रहँदैन’

ehulaki
----------------- | असार २६, २०७६ बिहिबार | 0

एजेन्सी। हालै भारतीय क्रिकेट टिमबाट सन्यास लिएका क्रिकेटर युवराज सिंहका पिता योगराज सिंह महेन्द्र सिंह धोनीमाथि खनिएका छन् । पूर्व क्रिकेटर समेत रहेका योगराजले हालै अम्बाती रायडुले सन्यास लिएको विषयमा प्रतिक्रिया दिँदै धोनीमाथि खनिएका हुन् । 

योगराजले ट्वीट गर्दै आफू रायडुको सन्यासबाट निकै दुःखी भएको बताए । रायडुले हतारमा निर्णय गरेको उनको भनाइ थियो । योगराजले रायडुलाई सन्यासको निर्णय फिर्ता लिन र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेर देखाउन आग्रह गरे । हालै विश्वकप क्रिकेटमा स्थान नपाएपछि रायडुले सन्यासको घोषणा गरेका थिए । 

भारतको लागि एक टेस्ट र ६ एकदिवसीय खेलेका योगराज सिंहले रायडुको सन्यासको कारक धोनी भएको आरोप लगाए । उनले धोनीको तुलना सौरभ गांगुलीसँग गर्दै गांगुलीले युवालाई मौका दिने गरेको तर धोनीले यस्तो नगरेको आरोप लगाए । उनले रायडुलाई सम्बोधन गर्दै लेखेका छन् ‘रायडु, मेरा छोरा तिमीले सन्यासको फसला हतारमा लियौ । सन्यासबाट फिर्ता आउ र उनीहरुलाई आफ्नो क्षमता देखाउ । एमएस धोनीजस्ता मानिसहरु सधैं क्रिकेटमा रहँदैनन् । उनीजस्तो फोहर सधैं रहँदैन ।’ 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय