बैंक अफ काठमाडूको सहायक सिईओमा डागा

ehulaki
----------------- | असार २६, २०७६ बिहिबार | 0

काठमाडौं । बैंक अफ काठमाण्डूले बिमल डागालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

स्टयान्डर्ड चार्टर्डबाट बैंकिङ्ग करियर सुरु गरेका उनको २६ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव रहेको छ ।

कर्जा व्यवसाय तथा कर्जा जोखिम व्यवस्थापनमा विज्ञता हासिल गरेका उनले स्टयान्डर्ड चार्टर्ड बैंकमा १३ वर्ष तथा एनआईसी तथा मर्जपछि एनआईसी एशियामा १३ वर्ष कार्य सम्पादनको अनुभव हासिल गरेका छन् । बैंक अफ काठमाण्डूमा नियुक्ती प्राप्त गर्नु अघि बैंकिङ्ग तालिम प्रदान गर्ने संस्थाहरु बिआइएम र एनबिआईमा तालिमकर्ताको रुपमा सक्रिय रहेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय