काठमाडौं। बार्सिलोना र एथ्लेटिको मड्रिडबीच फ्रान्सका स्टार स्ट्राइकर एन्टोइन ग्रीजम्यानलाई बार्सिलोना ल्याउने सम्बन्धी सम्झौता अन्तिम चरणमा पुगिसकेको छ । ग्रिजम्यानले एथ्लेटिको छोड्ने घोषणा अघिल्लो सिजन नसकिँदै गरेका थिए र बार्सिलोना उनलाई ल्याउन चाहन्छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ग्रीजम्यान बार्सा अनुबन्ध हुने पक्का भइसकेको छ । अब बार्साले ग्रीजम्यानका लागि एथ्लेटिकोलाई १२० मिलियन युरो रिलिज क्लज तिरेपछि ग्रीजम्यान आइतबार बार्सिलोना आइसक्ने स्पेनिस मिडिया मार्काले जनाएको छ । यद्यपी बार्सिलोनाका समर्थक ग्रीजम्यानसँग रिसाएका छन् । गत सिजन नै बार्साले ग्रीजम्यानलाई बार्सा आउन अफर गरेकोे थियो । त्यसबेला ग्रीजम्यानले आफू बार्सा नआउने बताएका थिए ।
बार्सामा अनुबन्ध भएपछि ग्रीजम्यानलाई घरेलु मैदान क्याम्प नाउँ प्रदर्शनीको लागि लगिनेछ । त्यहाँ उनले आफूले पाएको जर्सी लगाउनेछन् । यद्यपी त्यसबेला समर्थकलाई भने उपस्थित नगराइने भएको छ । मर्काका अनुसार ग्रीजम्यानसँग रिसाएका समर्थकले उनलाई आक्रमण गर्न सक्छन् । सिजन सुरुवात हुन अझै ३ हप्ता बाँकी छ । त्यसबेलासम्म ग्रीजम्यानले बार्साका समर्थकको मन जितिसक्ने अनुमान गरिएको छ ।