आगलागीबाट चार जनाको मृत्यु

ehulaki
रासस | असार २७, २०७६ शुक्रबार | 0

नानचाङ । चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ ।

चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका या अरु हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

यहाँका स्थानीय अधिकारीहरुले आगलागीमा परी चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । तर आगलागीको कारण भने केही बताएका छैनन् ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय