शुक्रबार २० मंसिर, २०७६ (Friday, 6 December, 2019)
main logo
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता
  • गृहपृष्‍ठ
  • अपडेट
    • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • कला/साहित्य
  • अन्तर्राष्ट्रिय
  • अर्थ
    • उद्यम
    • बैंक/वित्तीय
    • बजार
    • पर्यटन
    • अवसर
    • कृषि
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
    • स्थानीय तह
  • अन्य
    • पत्रपत्रिकामा
    • राष्ट्रिय
    • समाज
    • राजनीति
    • शिक्षा
    • बिज्ञान/प्रबिधि
    • अपराध
    • अन्तर्वार्ता

अपडेट

काठमाडौं जोड्ने सबै सडक अवरुद्ध

  • रासस
  • असार २७, २०७६, शुक्रबार
img

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाले हेटौंडाबाट कुलेखानी हुँदै काठमाडौं जाने फाखेल र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा शुक्रबार बिहानदेखि हेटौंडा–कुलेखानी सडकखन्डको यातायात सेवा अवरुद्ध भएको छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयकाअनुसार शुक्रबारै बिहान हेटौंडा–कुलेखानी हुँदै काठमाडौंतर्फ जाने सबै सवारी–साधन भैंसेस्थित त्रिभुवन राजपथबाटै सन्चालनमा ल्याइएको छ ।

फाखेलको महालक्ष्मी पुलनजिक र सिस्नेरीका विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडा–कुलेखानी यातायात सन्चालनमा अवरोध भएको हो ।

यसैबीच, त्रिभुवन राजपथको बागझोरामा शुक्रबार बिहान ९ बजेपछि आएको बाढीले हेटौंडा–काठमाडौंको यातायात सेवा पनि अवरुद्ध भएको उक्त कार्यालयले जनाएको छ ।

हेटौंडाबाट भैंसे, भीमफेदी, दामन र पालुङ जाने सवारी–साधन बागझोरामै रोकिरहेको भैंसेस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार दिउँसो मौसममा सुधार भए डोरबारबाट पहिरो हटाइ बागझोरामा यातायात सन्चालन गर्ने तयारी भइरहेको प्रजिअ आस्मान तामाङले जानकारी दिए ।

ठाउँ ठाउँमा पहिरो स्यात्रामा सास्ती
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्ड वर्षात्का कारण ठाउँ ठाउँमा पहिरो गएकाले जोखिम बढेको छ । बुधबारदेखिको अविरल वर्षाका कारण लोकमार्ग छेउछाउमा पहिरो जाने, भासिने, ढुङ्गा खस्ने तथा खाल्टाखुल्टी पर्न थालेपछि लोकमार्गको यात्रा निकै सास्ती भएको छ ।

बागलुङ–बुर्तिवाङ खण्डको ९२ किलोमिटर सडकमा मात्र दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र कयौँ स्थानमा शाखा सडकबाट बगेर आएको बाढीका कारण लोकमार्गमा क्षति पु¥याउँदा आउजाउमा निकै सास्ती खेप्नुपरेको यात्रुले गुनासो गरेका छन् ।

लोकमार्गको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे ताल नजिकै लोकमार्गमा सबैभन्दा ठूलो जोखिम रहेको छ ।

गत वर्षको भदौ २९ गते गएको सुक्खा पहिरो खस्दा बडिगाड खोला थुनिएर एक किलोमिटर ताल बनेको तुरतुरे ताल नजिकै लोकमार्गको करीब ५० मिटर सडक भासिएर चिराचिरा परेको छ । वैकल्पिक बाटोको व्यवस्था नहुँदा निकै जोखिम मोलेर यातायातका साधन चलाउँदै आएको चालक भरत गौतमले बताए ।

गौतमका अनुसार बागलुङ बजारदेखि झण्डै तीन घण्टामा बुर्तिवाङ पुग्न सकिनेमा अहिले पाँच घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग सडकखण्ड माथिबाट खनिएका ग्रामीण सडकका कारण लोकमार्ग उच्च जोखिममा परेको बडिगाड गाउँपालिका–७ खाल बजारका रवीन्द्र श्रेष्ठले बताए ।

‘नाली बिनाको सडकले जम्मा गरेको भल सोझै लोकमार्ग हुँदै आउँछ’, श्रेष्ठले भने, ‘सामान्य पानी जाने गरी लोकमार्गले सडकमुनि बनाएको संरचना पुरिएर लोकमार्गमा लेदो बग्छ ।’

लोकमार्ग माथि खनेको सडकको लेदो भ्वाङ खोलाले बगाउँदा पकट–पटक लोकमार्ग अवरुद्ध हुँदै आएको छ भने तीन घरमा क्षति पु-याएको छ ।

वर्षायाममा लोकमार्ग हुँदै बग्ने दर्जनौँ खोलाको उचित व्यवस्थापन नहुँदा लोकमार्ग नै जोखिममा परेको हो । भ्वाङ खोलाले ल्याएको बाढीले बडिगाड गाउँपालिका–६ खाल बजार नजिकैका तीन वटा घरमा क्षति पु¥याएकोे छ भने दर्जनौं पटक लोकमार्ग अवरुद्ध भएको छ ।

जेठ २८ गत बाढीका कारण क्षति पु¥याएको घर असार २३ गते आएको बाढीले थप क्षति पु¥याउँदा विस्थापित हुने अवस्थामा आएको पीडित गोठे सार्कीले बताए ।

भ्वाङ् खोलो मात्र होइन, मध्यपहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तिवाङसम्म लोकमार्ग माथि खनिएका सडकको भलसँगै आएको लेदोले लोकमार्ग जोखिममा परेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए ।

राजमार्ग खुलाउने स्थानीय तहको काम नभए पनि यात्रुको सहजताका लागि पटक–पटक गाउँपालिकाको खर्चमा सडक खुलाउँदै आएको पाइजाको भनाइ छ ।

बागलुङ नगरपालिका–३ बोक्से, दुदिलाभाटी, तुरतुरे ताल वरपर, भ्वाङ खोला, रिघाको मनेवा पाटा, आँगा खेतलगायतका दर्जनौं स्थानमा पहिरो जाँदा लोकमार्ग असुरक्षित भएको खाल बजारकी सुष्मा केसीले बताए । वर्षात् शुरु भएसँगै मध्यपहाडी लोकमार्ग दर्जनौं पटक अवरुद्ध भइसकेको छ ।

बागलुङ बजारदेखि घोडा बाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र हुन नसक्दा यात्रुले सास्ती भोगिरहेको सन्र्दभमा पक्की सडक भएको घोडाबाँधेदेखि बुर्तिवाङ पुग्ने सडक कतै भासिने, कतै चर्किने, कतै पहिरो जाने हुँदा निकै जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य भएका छन् ।

बागलुङ बजारदेखि बुर्तिवाङ सडकखण्डमा सहजरुपमा आउजाउ गर्न लोकमार्ग आयोजनासँग समन्वय गरेर अगाडि बढेको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए ।

‘विपद् व्यवस्थापनमा हामी संवेदनशील छौँ’, प्रजिअ क्षेत्रीले भने, ‘जोखिम भए पनि लामो समयसम्म सडक अवरुद्ध भएको छैन ।’ दीर्घकालीन जोखिम न्यूनीकरणका लागि आयोजनासँग छलफल भइरहेको प्रजिअ क्षेत्रीको भनाइ छ ।

रासस

  • Previous
  • Next

यो पनि पढौँ

img

गढीमाईको दर्शन गरी फर्कदै गरेको जिप दुर्घटना

  • मंसिर १८, २०७६, बुधबार
img

पानी खान जाने क्रममा नदीमा डुबेर गैंडाकाे मृत्यु

  • मंसिर १८, २०७६, बुधबार
img

महरालाई जेलमुक्तकाे माग गर्दै रोशनी पुगिन् अदालतमा

  • मंसिर १७, २०७६, मंगलबार
img

टेलिकमको नयाँ गिफ्ट प्याकेज ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’

  • मंसिर १८, २०७६, बुधबार
img

पाल्पामा भीरबाट जिप खस्यो, २ जनाको मृत्यु

  • मंसिर १९, २०७६, बिहिबार
img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

  • मंसिर १९, २०७६, बिहिबार
  • भर्खरै
  • लोकप्रिय
img

फाँसीको माग उठेपछि बलात्कार भएकै ठाउँमा लगेर अभियुक्तलाई इन्काउन्टर

img

एक पटक खाए महिनाभर पुग्ने गर्भनिरोधक चक्की !

img

जपान कामदार लैजाने परिक्षामा सबै फेल : दोष कस्को ?

img

कालापानीमा भारतीय दावी प्रती भारतिय सेनामै आशङ्का

img

एनएमबी लघुवित्तको कार्यक्रम सुर्खेतमा सम्पन्न

img

कास्की २ : फराकिलो अन्तरले विद्या अगाडी , यस्तो छ ताजा अपडेट

img

च्याप्पै समातेर एउटा कोठाको ओछ्यानमा राखे, कपडा खोलेर हात खुट्टा बाँधिदिए अनि.....

img

भोली काठमाडौंमा जोर बिजोर प्रणाली , अन्य जरुरी नियम बुझ्नुस नत्र दिनभर झन्झट बेहोर्नु पर्ला

img

‘ओछ्यानमा हामी तीनै जना सँगै सुत्छौँ'

img

सरकारले गर्न नसकेको काम बाघले गर्यो

फेसबुक

E-hulaki

ट्विटर्

Tweets by E-hulaki
main logo
  • प्रधान सम्पादक : उदय जीएम
  • सम्पादक : पवन रेग्मी
  • Kathmandu,Nepal
  •  9818370477   ehulaki10@gmail.com
  • सूचना बिभाग दर्ता नं: 1154/075-76

© २०१९

© Powered By: